काठमाडौं। सरकारले भदौ ३१ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरे पनि भारतमा अप्ठेरोमा परेका नेपाली १० वटा नाकाबाट स्वदेश फर्कन पाउने छन्।
भारतमा अप्ठेरोमा नेपालीहरू झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाउने छन्।
सरकारले यही साउन २६ गते अन्तर्राष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो।
यसअघि सरकारले साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो। कोरोना भाइरसका संक्रमित थपिँदै गएपछि सरकारले सीमा नाका थप समयको लागि बन्द गर्ने निर्णय लिएको हो।
भारतसँग छलफल गरी सरकारले नेपाल प्रवेश गर्नको लागि १० वटा नाका मात्र निर्धारण गरेको हो। भदौ ३१ गतेसम्म तोकिएका बाहेकका नाकाबाट स्वदेश फर्कने पाउने छैनन्।
" /> काठमाडौं। सरकारले भदौ ३१ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरे पनि भारतमा अप्ठेरोमा परेका नेपाली १० वटा नाकाबाट स्वदेश फर्कन पाउने छन्।भारतमा अप्ठेरोमा नेपालीहरू झापाको काँकडभिट्टा, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाउने छन्।

">