काठमाडौं। जुगल गाउँपालिका–२ लिदीमा आज विहान् मिर्मिरेमै ३७ घर पहिरोमा पुरिए। ३८ जना वेपत्ता भए। जसमध्ये पाँच जनाको शव निकालिएको छ। पहिरोमा परेका अरू आठ जनालाई घाइतेअवस्थामा हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ।
लिदीमा यसअघि नै पहिरोको जोखिम यकिन भएको थियो। स्थानीयले पनि आफूहरू जोखिम क्षेत्रमा रहेकाले सुरक्षित क्षेत्रमा व्यवस्थापनमा सहयोग गर्न वडा कार्यालय र गाउँकार्यपालिकामा अनुरोध गरेका थिए।
स्थानीयको अनुरोध अनुसार नै गाउँकार्यपालिकाले सबै घरधुरीलाई त्रिपाल र सामूहिक रुपमा टेन्ट दिएर सुरक्षित ठाउँमा सामुहिक रूपमा बस्ने व्यवस्था मिलाएको थियो। “जिल्ला विपद् व्यवस्थापन समिति र गाउँकार्यपालिकाको संयुक्त पहलमा त्रिपाल र टेन्ट दिएका थियौं। दिउँसो आफ्नो घरमा पकाउने, खाने र आफ्नो काम गर्ने रात परेपछि सुरक्षित ठाउँमा टेन्टमा सुत्ने गर्दै आउनुभएको थियो,” जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने,“टेन्टबाट घर फर्किएका र खेतबारीमा काम गर्न हिडेका मानिसलाई पहिरोले पुरेछ।”
पहिरोमा परेको ३७ घरमध्ये एक घरका त पाँच जनाको पुरै परिवार नै वेपत्ता भएको श्रेष्ठले बताए।
रातभर सुरक्षित ठाउँमा टेन्टमा सुत्ने भएकै कारण आज विहानको पहिरोले कम मानवीय क्षति भएको श्रेष्ठले बताए। “पहिरोमा परेको ३७ घरमा करिब डेढ सय जनसंख्या छ। उनीहरू घरमै सुतेका भए, र राति पहिरो गएको भए अझै ठूलो मानवीय क्षति हुन्थ्यो,” उनले भने।
भूकम्पदेखि नै उच्च जोखिममा
२०७२ साल बैशाखमा गएको भूकम्पको कारण सिन्धुपाल्चोक पूरै जिल्ला पहिरोको सबैभन्दा जोखिम क्षेत्रको रुपमा वर्गीकरण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले बताए। त्यति मात्रै नभइ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि सिन्धुपाल्चोकमा अहिले पहिरो गएको क्षेत्रलाई पुनः बस्ती बसाउन नमिल्ने क्षेत्रमा वर्गीकरण गरेको पनि पोखरेलले बताए।
जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विक पनि बस्ती नै बसाउन नमिल्ने भनिएको ठाउँमा प्राधिकरणले पुनः घर बनाउने अनुमति दिएको बताउँछन्। “सुरूमा प्राधिकरणले त्यहाँ घर बनाउनै नपाउने भनेको थियो। स्थानीयले विरोध गरे। केही समयपछि भूकम्पलाई विर्सियो। प्राधिकरणले पनि सोही ठाउँमा घर पुनर्निर्माण गर्ने अनुमति दियो,” विकले भने।
अझै जोखिममा छन् ४८८ घर
जुगल गाउँपालिकाको २ नम्बर वडामा पर्ने सानोनाम्फा, नाम्फा/सुकुली, लिदी, सञ्चगाउँ/झुल्के, निम्लुङ/बैगाङ टोलका ४८८ घर बाढी तथा पहिरोको उच्च जोखिममा छन्। त्यसैले भौगोलिक जोखिम अध्ययका लागि पहल गरिदिन जुगल गाउँकार्यपालिकाको कार्यलयले साउन २२ मा जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई पत्र पठाएको प्रमुख प्रशासकीय अधिकृत विकले बताए।

आज विहान पहिरो गएको लिदीमा मात्रै १७२ घर छन्। जसमध्ये ३७ घर पहिरोले पुरेको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि साउन २३ मा वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपद् व्यवस्थापन निर्देशक समितिलाई पत्र लेखेको थियो। जसमा जुगल गाउँपालिका–२ को भौगोलिक जोखिमता अध्ययनका लागि आवश्यक पहल गरिदिन भनेको थियो। तर, भौगोलिक अध्ययनका लागि आधिकारिक निर्णय नहुँदै पहिरोले बस्ती बगाइदियो।
गाउँ कार्यपालिकाले भने स्थानीयलाई घर छाडेर सुरक्षित ठाउँमा बस्न भन्दै त्रिपाल र टेन्ट प्रत्येक घरलाई उपलब्ध गराएको गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकले बताए। “यसअघि पनि त्यहाँ पहिरो गएको थियो। त्यसपछि स्थानीयलाई आफ्नो घरबाट सरेर सुरक्षित स्थानमा बस्नु्होस् भनेर टेन्ट र त्रिपाल उपलब्ध गराएका थियौं। तर, आज विहान गाईबस्तुको हेरचाह गर्न आएको बेला पहिरो गयो भनिएको छ,” विकले भने।
" /> काठमाडौं। जुगल गाउँपालिका–२ लिदीमा आज विहान् मिर्मिरेमै ३७ घर पहिरोमा पुरिए। ३८ जना वेपत्ता भए। जसमध्ये पाँच जनाको शव निकालिएको छ। पहिरोमा परेका अरू आठ जनालाई घाइतेअवस्थामा हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ।लिदीमा यसअघि नै पहिरोको जोखिम यकिन भएको थियो। स्थानीयले पनि आफूहरू जोखिम क्षेत्रमा रहेकाले सुरक्षित क्षेत्रमा व्यवस्थापनमा सहयोग गर्न वडा कार्यालय र गाउँकार्यपालिकामा अनुरोध गरेका थिए।

">