काठमाडौं। भारतको पश्चिम बंगालको राजधानी कोलकातामा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढ्न थालेपछि इन्डियन मेडिकल एशाेसिएसन (आईएमए)ले प्रत्येक पुलिस थानामा दुईदेखि चारजना डाक्टर खटाउने निर्णय गरेको छ।
आईएमएको यो प्रस्ताव पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले स्वीकृत गरिसकेकी छन्।
आईएमएका अध्यक्ष एवं सांसद शांतनु सेनका अनुसार प्रत्येक पुलिस थानामा डाक्टर खटाउँदा कोरोनाका गम्भीर बिरामीको ज्यान जोगाउन सहयोग मिल्नेछ।
“पश्चिम बंगाल राज्यमा अहिलेसम्म भएका संक्रमणमध्ये आधाभन्दा बढी कोलकातामै छन्। राज्यभर कोरोनाका कारण दुई हजार २०० जनाको मृत्यु हुँदा झण्डै एक हजार मृत्यु पनि कोलकातामै भएका छन्। त्यसैले समुदायमा प्रत्यक्षरूपमा अग्रपंक्तिमा रहेर काम गर्ने पुलिस थानामा डाक्टर उपलब्ध भए गम्भीर बिरामीलाई बचाउन सकिन्छ,” डा. सेनले भने।
डा. सेनका अनुसार कोलकातामा एक्लै बस्ने ज्येष्ठ नागरिकहरू कोरोनाबाट सबभन्दा बढी प्रभावित भइरहेका छन्।
ज्येष्ठ नागरिकले स्वास्थ्य समस्या हुँदा निरिह भएर पुलिसलाई फोन गर्ने गरेका छन्। त्यसकारण पुलिस थानामा डाक्टर भए त्यस्ता मानिसहरू उपचार नपाएर ज्यान गुमाउनुनपर्ने विश्वास लिइएको छ।
पश्चिम बंगालमा दैनिक दुई हजार ८०० भन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन्।
" /> काठमाडौं। भारतको पश्चिम बंगालको राजधानी कोलकातामा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढ्न थालेपछि इन्डियन मेडिकल एशाेसिएसन (आईएमए)ले प्रत्येक पुलिस थानामा दुईदेखि चारजना डाक्टर खटाउने निर्णय गरेको छ।आईएमएको यो प्रस्ताव पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले स्वीकृत गरिसकेकी छन्।

">