अकल्यान्डमा लकडाउन १२ दिन लम्बियो
काठमाडौं। न्यूजिल्यान्डकी प्रधानमन्त्री व्याकिकन्डा अर्डेर्नले देशको सबभन्दा ठूलो सहर अकल्यान्डमा गरिुएको लकडाउन थप १२ दिन लम्बाउने घोषणा गरेकी छिन्।

सरकारले तय गरेको कोरोना जोखिमका चार तहमध्ये अकल्यान्ड तेस्रो तहमा छ। बाँकी क्षेत्र भने दोस्रो तहमा रहेको बताइएको छ। कोरोना भाइरसको महामारी नियन्त्रणमा उदाहरणीय बनेको न्यूजिल्यान्डमा १ सय २ दिनसम्म एउटै नयाँ स्थानीय संक्रमण देखिएको थिएन।

१५ लाखभन्दा बढि जनसंख्या भएको अकल्यान्डमा यो साताबाट पुन: संक्रमण पुष्टी हुन थालेको थियो। बुधबारमात्र अकल्यान्डमा एकै पट १४ जनामा नयाँ संक्रमण पुष्टी भएको थियो।

कोरोना संक्रमणको दोस्रो लहर आउने आशंकामा बुधबारै अकल्यान्डमा तीन दिने लकडाउन घोषणा गरिएको थियो। प्रधानमन्त्री अर्डेर्नले शुक्रबार पूर्वघोषित लकडाउनको अन्तिम दिन थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेकी हुन्।

“हामी छोटो समयमै कठिन अवस्थामा पुग्दैछौं भन्ने संकेत देखिएको छ। त्यसैले यो १२ दिनमा कसरी संक्रमण फेरी सुरु भयो भन्ने पत्ता लगाएर सावधानीका अरु उपाय अपनाउनुपर्छ,” प्रधानमन्त्री अर्डेर्नले भनिन, “त्यसो भए आउँदो १२ दिनमा हामीले अकल्यान्डको स्थिती पनि दोस्रो तहमा झार्न सक्नेछौं। यसमा सबै सर्वसाधारणबाट सहयोग मिल्ने सरकारले अपेक्षा गरेको छ।”

प्रतिक्रिया दिनुहोस्