काठमाडौं। भारतमा कोभिड-१९ को पहिलो फेजको क्लिनिकल ट्रायल सफल भएको बताइएको छ। भ्याक्सिनको शुरूआती परीक्षणमा पूर्ण रूपमा सुरक्षित पाइएको हो।
भारत बायोटेक-आईसीएमआरले बनाएको कोरोना भ्याक्सिन सफल देखिएको हो। भारत बायोटेक र जायडस क्याडिलाको भ्याक्सिनको ६ शहरमा ह्युमन ट्रायल भइरहेको छ।
भारतका १२ शहरका ३७५ भोलिन्टियर्सलाई उक्त भ्याक्सिन परीक्षण गरिएको थियो। प्रत्येक भोलिन्टियर्सलाई भ्याक्सिनको दुई डोज दिइएको छ। हाल उनीहरूमाथि निरीक्षण राखिएको छ।
पीजीआई रोहतकमा चलिरहेको परीक्षणको टोली नेता सबिता बर्माले भनिन्, ‘‘भ्याक्सिन सुरक्षित छ। हामीले जति पनि भोलिन्टियर्सलाई यो भ्याक्सिन लगायौं, तिनमा साइड इफेक्ट देखिएको छैन।’’ अब भोलिन्टियर्सलाई दोस्रो चरणको भ्याक्सिन दिइने तयारी छ।
त्यसअघि भोलिन्टियर्सहरूको रगतको नमूना लिएर त्यसमा भ्याक्सिनको प्रतिरोध क्षमता परीक्षण गरिने छ।
बर्मा भन्छिन्, ‘‘अब हामी निश्चित भएका छौं, भ्याक्सिन पूर्ण रुपमा सुरक्षित छ। अब दोस्रो चरणमा भ्याक्सिन कति प्रभावकारी छ भन्ने पत्ता लगाउने छौं। त्यसका निम्ति हामीले ब्लड स्याम्पल लिन शुरू गरेका छौं।’’
अखिल भारतीय आयुर्विज्ञान संस्थान दिल्लीका प्रमुख अन्वेषक सञ्जय राय पनि यो भ्याक्सिन सुरक्षित रहेको बताउँछन्। एम्स (एआईआईएमएस) मा भारत बायोटेकको भ्याक्सिन परीक्षणका लागि १६ जना भोलिन्टियर्सलाई भर्ना गरिएको थियो।
विश्वका अन्य कतिपय मुलुकसँगै भारत पनि कोरोना भ्याक्सिन बनाउन लागिपरेको छ। कोभ्याक्सिनबारे भारत सरकारले नियमन गरिरहेको छ। यो भ्याक्सिन भारतको पहिलो हो र यसलाई भारतीय चिकित्सा अनुसन्धान परिषद्को सहयोगमा विकसित गरिएको हो।
(एजेन्सी)
" /> काठमाडौं। भारतमा कोभिड-१९ को पहिलो फेजको क्लिनिकल ट्रायल सफल भएको बताइएको छ। भ्याक्सिनको शुरूआती परीक्षणमा पूर्ण रूपमा सुरक्षित पाइएको हो।भारत बायोटेक-आईसीएमआरले बनाएको कोरोना भ्याक्सिन सफल देखिएको हो। भारत बायोटेक र जायडस क्याडिलाको भ्याक्सिनको ६ शहरमा ह्युमन ट्रायल भइरहेको छ।

">