भूकम्प पीडितसँग चार लाख घुस लिएको आरोपमा इन्जिनियर विरुद्ध मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको मर्स्याङ्दी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र सहायक सव-इन्जिनियर टीका प्रसाद गुरुङ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरूले ८ जना सेवाग्राहीसँग जनही ५० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीहरूसँग चार लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

लमजुङ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) बाट करार सेवामा मर्स्याङ्दी गाँउपालिकामा मण्डल र गुरुङ नियुक्त भएका थिए।

मण्डल र गुरुङले भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा आठजना लाभग्राहीहरूसँग जनही ५० हजार रुपैया घुस लिएको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरू माथि निगरानी राखेको थियो।

केही दिन अघि अख्तियारको पोखरा स्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लमजुङको सहयोगमा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा भूकम्पपीडित लाभग्राहीहरूसँग निर्माण गरेको घरको मापदण्ड नमिलेको भन्ने बहानामा उनीहरूले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी आठजनासँग जनही ५० हजार रुपैयाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्