चट्याङ लागेर किशोरीको मृत्यु
<p style="text-align: justify;">काठमाडौं । कैलालीको लम्की चुहा नगरपालिका-१ थकालीपुर बस्ने १३ वर्षीया अन्जु शाहीको चट्याङ लागेर मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">घरदेखि करिब ५०० टाढा रहेको रोडा खोलामा खेल्ने क्रममा चट्याङ लागेर ती बालिकाको हिजो मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">चट्याङ लागेर घाइते भएकी सोही ठाउँ बस्ने १४ वर्षीया भावना शर्मालाई उपचारका लागि लालरत्न अस्पताल लम्की पठाइएको प्रहरीले जनाएको छ। </p>