सिन्धुपाल्चोक पहिरोको घटनाप्रति तरुण विभागले दु:ख व्यक्त गर्यो
<p>काठमाडाैं। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदिमा आज बिहान साढे ६ बजे आएको पहिरोले त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षति प्रति नेपाली कांग्रेस तरुण विभागले गहिरो दु:ख व्यक्त गरेको छ।</p>
<p>“जोखिममा रहेको बस्तीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण, उद्धार तथा राहतकालागि सरकार समक्ष नेपाली कांग्रेस तरुण विभाग जोडदार माग गर्दछ,” तरुण दल विभागले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस तरुण विभाग तथा नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ता साथीहरुलाई तत्काल उद्धार तथा राहतका लागि जुट्न नेपाली कांग्रेस तरुण बिभाग अनुरोध गर्दछ।” </p>
<p>आज बिहान लिदिमा गएको पहिरोमा २१ घर पुरिदा ४१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी र घाईतेको उद्धार कार्य जारी रहेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
