पाकिस्तानी दूतावासले मनायो स्वतन्त्रता दिवस

काठमाडाैं। काठमाडौं स्थित पाकिस्तानी दूतावासले आज एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाएको छ।

पाकिस्तानले बेलायती उपनिवेशबाट स्वष्ट भएको दिन अगष्ट १४ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ। पाकिस्तान बेलायती उपनिवेशबाट सन् १९४७ अगष्ट १४ का दिन स्वतन्त्र भएको थियो।

७४औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले आज दूतावासमा पाकिस्तानको झण्डा फहराएका छन्।

झण्डोत्तोलन कार्यक्रममा दूतावासका कर्मचारी, नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका सदस्यहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा राजदूत जाभेदले पाकिस्तानका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भिडियो सन्देश पनि देखाइएको थियो।

प्रतिक्रिया दिनुहोस्