काठमाडौं। चीनले खानेकुरा फाल्ने संस्कारविरुद्ध ‘क्लिन योर प्लेट’ अभियानको नयाँ संस्करण आरम्भ गरेको छ।
यसबाट त्यो खाद्यान्नमा धनी देशमा कोरोना महामारीका कारण खाद्य संकट गहिरिएको अनुमान गर्न थालिएको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङले उक्त अभियानको उद्घाटन गरेका हुन्।
उनले भोजन बर्बाद गर्ने काम पीडादायी रहेको बताए। यस सम्बन्धमा सार्वजनिक जागरुकता आवश्यक रहेको पनि उनको भनाइ थियो।
उनले भने, ‘‘मितव्यवयी आदत बसाउनु पर्छ र एउटा यस्तो सामाजिक वातावरण बनोस् कि भोजन फाल्नु लाजमर्दो काम भएको मानिसले बुझू्न्।’’
सरकारी समाचारपत्र ग्लोबल टाइम्सको बिहीबारको संस्करण अनुसार पछिल्लो अभियानको उद्देश्य अधिकारीहरुले गर्दै आएको महँगो भोजलाई रोक लगाउनु रहेको थियो। सरकार चाहन्छ, जनताले खानेकुरा फाल्ने काम नगरुन्।
केही समाचारमा चीनको पछिल्लो अभियानलाई लिएर त्यहाँ खाद्य संकट पर्दै गएको अनुमान गरिएको थियो। विशेषज्ञहरूका अनुसार संसारमा खानेकुराको अभाव छ। तर, चीनले खाद्य सुरक्षा महामारी या बाढीका कारण गर्नु परेको होइन, खानेकुरा फाल्ने संस्कार रोक्न गरिएको हो।
चीनमा चिनफिङले २०१२ मा सत्ता सम्हालेपछि आफ्नो छवि उच्च पार्न रक्सीका साथै महँगा भोजभतेर (विशेषगरी सेनामा) मा प्रतिबन्ध लगाएका थिए। सरकारी भोजमा खानेकुरा फाल्ने होइन त्यसको उच्चतम सदुपयोग गर्नु पर्ने उनको धारणा थियो।
चीनमा राष्ट्रपतिको यो अभियान निकै सफल र प्रभावकारी भएको बताइन्छ। झण्डै डेढ अर्ब जनता र विशाल मुलुक चीनका खाद्य सम्बन्धी विभागका उपनिर्देशक वु जिदानका अनुसार त्यहाँ वार्षिक ३२.६ अर्ब अमेरिकी डलरबराबरको खानेकुरा खेर फालिन्छ।
(एजेन्सी)
" /> काठमाडौं। चीनले खानेकुरा फाल्ने संस्कारविरुद्ध ‘क्लिन योर प्लेट’ अभियानको नयाँ संस्करण आरम्भ गरेको छ।यसबाट त्यो खाद्यान्नमा धनी देशमा कोरोना महामारीका कारण खाद्य संकट गहिरिएको अनुमान गर्न थालिएको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङले उक्त अभियानको उद्घाटन गरेका हुन्।

">