कोरोनाबारे कुनै राजनीति नहोस्: चीन

काठमाडौं। कोरोना भाइरस जब फैलन सुरु भयो तब कसरी यस्तो हुन गयो भन्ने प्रश्न पनि उठ्न थाल्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाई चीनको बदमासी समेत भन्न भ्याए। चीनको वुहानबाट फैलिएको यो भाइरसबारे अध्ययन गर्न त्यहाँको प्रयोगशाला सक्षम रहेको बताइन्छ। तर भाइरस कसरी फैलियो भन्ने बारे तथ्य कुरा अझै पनि बाहिर आएको छैन।

दाबी के गरिएको छ भने, वुहानको प्रयोगशालाबाटै भाइरस फैलिएको हो। वुहान भाइरस ल्याबका निर्देशक वाङ येन ई र उनका सहकर्मीले अमेरिकाको समाचार संस्था एनबीसीसँग पहिलो पटक कुरा गरेका छन्। उनीहरुले वुहान ल्याबबाट भाइरस फैलिएको भनाइलाई अस्वीकार गरेका छन्।

उनीहरु भाइरस कसरी फैलियो भन्ने विषयमा कुनै पनि राजनीति हुन नहुने धारणा राख्छन्। यसको जाँच गरिँदा राजनीतिक दबाब हुन नहुने उनीहरुको भनाइ छ।

अमेरिकाको एनबीसी रिपोर्टरले अगस्ट ७ का दिन वुहान ल्याब र त्यहाँको बीसीएल ४ प्रयोगशालाको भ्रमण गरेका थिए। सोही क्रममा ल्याबका अनुसन्धानकर्ता युआन ची मिङले संवाददातासँग भने, ‘‘हामी चीन र अमेरिकाबीच तनाव देख्न चाहँदैनौं, जुन विश्वकै स्थिरता र प्रगतिका लागि हानिकारक छ। हामीले अमेरिकी वैज्ञानिकहरुसँग प्रविधिका साथै अन्य धेरै कुरा सिकेका छौं। महामारी फैलने स्थितिमा हामी विज्ञान र वैज्ञानिकका कुरामा मात्रै विश्वास गर्छौं।’’

एनबीसी यस्तो एउटा संस्था हो, जसलाई त्यहाँ जाने अनुमति मिल्यो। यो रिपोर्ट अनुसार सर्वप्रथम त्यहाँ संस्थाका मानिसको तापमान नापियो र सामान चेक गरियो। त्यहाँका मानिसहरुले सामान्य कपडा लगाएका थिए, तर मास्कचाहिँ लगाएका थिए।

भित्र रहेका प्राविधिकहरुले भने पीपीई लगाएर परीक्षण गरिरहेका थिए। उक्त अन्तर्वार्तामा सरकारका प्रतिनिधिले वुहान ल्याबबाट भाइरस फैलिएको कुराको खण्डन गरे। पहिलो कोरोना भाइरस उक्त रोग मानिसहरुमा फैलेपछि मात्रै पत्ता लागेको थियो।

संस्थाका उपनिर्देशक युआन झिमिङले भने, ‘‘मैले निरन्तर के कुरामा जोड दिएँ भने, हामी सार्स जस्ता निमोनिया भाइरसको सम्पर्कमा ३० डिसेम्बरमा पुगेका थियौं, जबकि यो हामीलाई अस्पतालबाट पठाइएको थियो। त्यसअघि नोभेल कोरोना भाइरसबारे केही थाहा थिएन। यसकारण पनि कोरोना ल्याबबाट फैलिएको भन्ने कुरा आरोप मात्रै हो।’’

एनबीसीले आफ्नो रिपोर्टमा उक्त दाबीबारे ‘भेरिफाई’ गरेको छैन। वाङका अनुसार संस्थाका कुनै पनि वैज्ञानिकलाई इन्फेक्सन भएको छैन।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्