म्याग्दी। म्याग्दीको अन्नपूर्ण-३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पुर्याएको छ ।
कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनको एक वटा टावर ढलेको छ भने चार वटा जोखिममा छन्।
धाइरिङको डिलबाट ठूला ढुङ्गासहित खसेको पहिरोले कुनातर्फको दुई वटा लेग (खुट्टा) मा लागेर जलजला गाउँपालिका-७ मिलनचोक स्थित १४ नम्बरको टावर ढलेको छ। नजिकका अन्य दुई वटा टावरमा असर पुगेको छ ।
टावर ढल्दा तीन करोड ५० लाख बराबरको क्षति भएको ठेकेदार कम्पनी टाटा-चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताए। थप चार वटा टावर पहिरो र कटानका कारण जोखिममा परेका छन्। जलजला गाउँपालिका-२ टमिलाखर्कको टावर जोखिममा परेको छ।
“महभिर, धिरच्याङ र दाना सवस्टेशन नजिकै कालीगण्डकीले कटान गरेर जोखिममा परेका टावर संरक्षणको काम भैरहेको छ”, आयोजनाका सहायक निर्देशक लक्षमण फुँयालले भने, “सवस्टेशनमा थप कटान हुन् नदिन संरक्षणको योजनाका लागि बोलपत्र आह्वान भइसकेको छ ।” रासस
" /> म्याग्दी। म्याग्दीको अन्नपूर्ण-३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पुर्याएको छ ।कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनको एक वटा टावर ढलेको छ भने चार वटा जोखिममा छन्।

">