न्यूजिल्यान्डमा थपिए १२ नयाँ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा न्यूजिल्यान्डमा कोरोना भाइरसका १२ नयााँ संक्रमित भेटिएका छन्। पछिल्ला दिनमा पुन: संक्रमण देखिन थालेसँगै अकल्यान्डबाहेक अन्य क्षेत्रमा पनि लक डाउन हुने सम्भावना देखिएको छ।

१७ लाखभन्दा धेरै मानिस बसोबास गर्ने देशकै ठूलो सहर अकल्यान्डमा १९ जनामा संक्रमण देखिएपछि बुधबारदेखि लकडाउन गरिएको छ। परिवारमा बस्दै आएका उनीहरूलाई कोरोना संक्रमण भएको पाइएको थियो।

ती संक्रमितहरूको सम्पर्कमा रहेका ३८ जनालाई पनि क्वारेन्टिमा यसअघि नै राखिएको छ।

करिब साढे ३ महिना अगाडि न्यूजिल्यान्डलाई कोरोना मुक्त देश घोषणा गरिएको थियो। तर, पुन: संक्रमित भेटिन थालेपछि त्रास फेरि फैलिएको छ।

एएफपी

प्रतिक्रिया दिनुहोस्