काठमाडौं। पहिरोले घर पुरिँदा कालिकोटमा ६ जनाको मृत्यु भएको छ।
महाबै गाउँपालिका-३ स्थित रजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्टका दुई छोरा र दुई छोरी गरी चारजना र छिमेकीका दुईजना छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कालिकोटका डीएसपी श्यामबाबु अलियाले देखापढीलाई बताए।
उनका अनुसार छिमेकीका दुई छोरी पनि विष्टकै घरमा सुतेका थिए। मृत्यु भएकाहरूको नाम र उमेर भने खुल्न बाँकी छ।
राति करिब १२ बजेतिर पहिरो गएको प्रहरीले बताएको छ। पहिरोबाट भएको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको छ।
उद्धार तथा राहतको लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।
" /> काठमाडौं। पहिरोले घर पुरिँदा कालिकोटमा ६ जनाको मृत्यु भएको छ।महाबै गाउँपालिका-३ स्थित रजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्टका दुई छोरा र दुई छोरी गरी चारजना र छिमेकीका दुईजना छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कालिकोटका डीएसपी श्यामबाबु अलियाले देखापढीलाई बताए।

">