काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरोले २१ घर पुरेको छ।
आज बिहान साढे ६ बजे पहिरो जाँदा त्यहाँका २१ घर पुरिएको वडाध्यक्ष प्रताप लामाले देखापढीलाई बताए।
पहिरोले केही मानिस बेपत्ता भएका छन्। "एउटै घरका चार/पाँचजनासम्म पुरिएको खबर आएको छ। सबैजना आत्तिएका छन्। क्षतिको विवरणको यकिन हुन सकेको छैन", अध्यक्ष लामाले भने।
त्यो ठाउँमा यसअघि पनि पहिरो गएको र बस्तीमाथिको जमिन चिरा परेकोले १७२ घर जोखिम रहेको लामाले बताए। त्यही चिरा परेको ठाउँ फुटेर आज थप पहिरो खसेको बताइएको छ।
पहिरोस्थलमा अहिले सुरक्षाकर्मी र स्थानीयवासी भेला भएर उद्धार कार्यमा जुटेको वडाध्यक्ष लामाले जानकारी दिए।
" /> काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरोले २१ घर पुरेको छ।आज बिहान साढे ६ बजे पहिरो जाँदा त्यहाँका २१ घर पुरिएको वडाध्यक्ष प्रताप लामाले देखापढीलाई बताए।

">