८२५ विपन्न परिवारलाई नि:शुल्क विद्युत् मिटर
भोजपुर। नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई नि:शुल्क विद्युत् मिटर वितरण गरेको छ केन्द्रले कमजोर आर्थिक अवस्थाका कारण विद्युत् सेवाबाट वञ्चित भएका परिवारको पहिचान गरी नि:शुल्क मिटर वितरण गरेको हो।

विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा ८२५ जनालाई नि:शुल्क मिटर वितरण गरेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताए।

"गत आर्थिक वर्षबाट जिल्लामा विपन्न परिवारका लागि निःशुल्क मिटर वितरण कार्यक्रम सुरु भएको हो,"  प्रमुख घिमिरेले भने,  "स्थानीय तहको सिफारिसको आधारमा विद्युत् विस्तार भइरहेका गाउँपालिका तथा नगरपालिकाका गरिब तथा विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्दै आएका छाैं।"

नि:शुल्क विद्युत् मिटर पाएपछि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार खुशी भएका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्