तनहुँ। लागुऔषध मुद्दाका फरार एक युवकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ।
व्यास नगरपालिका-१ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई हिजो पक्राउ गरिएको हो।
१६ जेठ २०६९ मा तनहुँ जिल्ला अदालतले उनलाई आठ दिन कैद र चार हजार जरिवानाको फैसला गरेको थियो। त्यसपछि उनी फरार थिए।
घर्तीको खोजतलास गर्ने क्रममा घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।
उनलाई अदालतसमक्ष पेश गरी कैद भुक्तानको लागि कास्की कारागार पठाइएको छ।
" /> तनहुँ। लागुऔषध मुद्दाका फरार एक युवकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ।व्यास नगरपालिका-१ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई हिजो पक्राउ गरिएको हो।

">