बलात्कारीलाई साढे सात वर्ष कैदको फैसला

काठमाडाैं। जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले साढे सात वर्ष कैद फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको आजको इजलासले घिरिङ गाउँपालिका-५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो।

साथै पीडित महिलालाई पीडकबाट रु ५० हजार क्षतिपूर्ति तिराउने फैसला भएको अदालतका निमित्त स्रेस्तेदार जीवन पौडेलले जानकारी दिए।

घिरिङ-५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा राना पक्राउ परेका थिए। निजविरुद्ध विसं २०७६ फागुन २ गते अदालतमा जबर्जस्ती करणी गरेको भनी मुद्दा दर्ता भएको थियो।

रासस

प्रतिक्रिया दिनुहोस्