काठमाडौं। १४ मंसीरमा तीन वटै तहका ५१ स्थानमा उप–निर्वाचन हुँदैछ।

प्रतिनिधि सभा, प्रदेश सभा, उपमहानगरपालिका, गाउँपालिका र वडा तहमा निर्वाचन हुन लागेको हो।

प्रतिनिधि सभाका लागि एक, प्रदेश सभाका लागि तीन, उपमहानगरपालिका मेयरका लागि एक, गाउँपालिका अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि एक र वडा अध्यक्षका लागि ४२ स्थानमा उपनिर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधि सभाका लागि कास्की–२ मा निर्वाचन हुँदैछ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुन २०७५ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्र रिक्त छ।

त्यस्तै प्रदेश सभातर्फ प्रदेश–५ को दाङ– ३ ‘ख’, गण्डकी प्रदेशको बाग्लुङ– २ ‘ख’ र प्रदेश–३ को भक्तपुर–१ ‘ख’ मा प्रदेश सभाको निर्वाचन हुन लागेको हो ।

प्रदेशसभा सदस्यहरू उत्तमकुमार ओली (दाङ), टेकबहादुर घर्ती (बाग्लुङ) र हरिशरण लामिछाने (भक्तपुर) को मृत्यु भएपछि ती स्थान रिक्त रहेका थिए ।

धरान उप–महानगरपालिकाको मेयरका लागि पनि निर्वाचन हुँदैछ ।

त्यस्तै, पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्षको लागि चुनाव हुँदैछ ।

त्यसैगरी हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षका लागि निर्वाचन हुँदैछ ।

अयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार १६ साउनमा निर्वाचनको मिति घोषणा भएपछि आयोगले निर्वाचनमा भाग लिन चाहने दलहरूका लागि दर्ता गराउन ३१ भदौसम्मको समयावधि दिएको थियो ।

उक्त अवधिमा नेपाल कम्युनिष्ट पार्टी, समाजवादी पार्टी लगायत एकीकरणबाट बनेका र नयाँ गरी २१ वटा पार्टी दर्ता भएका छन् ।

यसअघि २०७४ सालमा भएको निर्वाचनमा स्थानीय तहमा ८० र प्रतिनिधि सभा/प्रदेश सभामा ९२ दल दर्ता थिए ।

तीमध्ये कतिपय दलहरूबीच एकीकरण भएकाले एकीकृत दलहरूको संख्या घटाएर त्यसमा नयाँ दर्ता भएका दलको संख्या जोडेपछि चुनावमा भाग लिने दलहरूको संख्या एकीन हुनेछ ।

निर्वाचन आयोगले यसअघि दर्ता नभएका मतदातालाई पनि निर्वाचनका लागि तोकिएका स्थानहरूमा नामावली दर्ता गर्न भनेको छ ।
जसअनुसार भदौ मसान्तसम्म करीब २० हजार नयाँ मतदाता थपिएका छन् ।

" /> काठमाडौं। १४ मंसीरमा तीन वटै तहका ५१ स्थानमा उप–निर्वाचन हुँदैछ।

"> फेरि तीन तहको निर्वाचन हुँदै: Dekhapadhi
फेरि तीन तहको निर्वाचन हुँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्