प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग
काठमाडाैं। परियोजना सेवाका लागि संयुक्त राष्ट्र सङ्घ कार्यालय (युनोपस) ले नेपाल प्रहरीलाई रु ७० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

युनोपस कार्यालय विशालनगरमा आज आयोजित कार्यक्रममा कार्यालयका देशीय निर्देशक चार्लेस क्यालननले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, कुँवेर कडायतलाई हस्तान्तरण गरेका हुन्।

उक्त कार्यालयले ५०० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), ५०० थान फेस सिल्ड, ५०० थान टोपी, ५०० थान कभर, ५०० थान सर्जिकल पञ्जा, पाँच हजार थान मास्क र  पाँच हजार थान रबर पञ्जा सहयोग गरेको छ।

यस्तै १६ लिटरको ५०० थान डिसइन्फेक्टेन्ट स्प्रे, एक हजार २०० लिटर डिसइन्फेक्टेन्ट लिक्विड र ५०० थान थर्मोमिटर गन पनि सहयोग गरिएको छ।

कार्यक्रममा कार्यालयका देशीय निर्देशक क्यालननले नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिइने बताए। प्रहरी वरिष्ठ उपरीक्षक कडायतले आगामी दिनमा पनि नेपाल प्रहरी र कार्यालयको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे।

रासस

प्रतिक्रिया दिनुहोस्