दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं। मकवानपुर र कैलालीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका–३ तीनताप्केस्थित सडकमा ना.६ ख १६११ नम्बरको ट्रकमा ना.२ ह  ३४६५ नम्बरको अटो ठोक्किँदा २ जनाको मृत्यु भएको छ। मृतक दुवै पुरूष हुन्। उनीहरूको सनाखत भइसकेको छैन। दुर्घटनामा घाइते भएका दुवै जनाको हेटौंडामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अटो चालकको उपचार भइरहेको छ।

उता कैलालीको गोदावरी नगरपालिका–५ मनहरा पुलनजिकै से.६ प ३३८९ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भइ दुर्घटना हुँदा २० वर्षीय खेम सार्कीको मृत्यु भएको छ। मोटरसाइकल सडकबाट २० फिट तल खसेको थियो। दुर्घटनामा मृत्यु भएका सार्की डडेल्धुराको अमरगढीका हुन्।

प्रतिक्रिया दिनुहोस्