कैलालीमा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु
काठमाडाैं। कैलालीको लम्कीचुहा नगरपालिका-१ मा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय जङ्गलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित साङ्गा चोक नजीकै चट्याङ पर्दा बालिका अञ्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पताल ल्याइएको छ। चट्याङ लागेर उनीसँगै रहेकी लम्कीचुहाकै १४ वर्षीया भावना शर्मा भने घाइते भएकी छन्।

हात र खुट्टामा गम्भीर चोट लागेकी घाइते बालिकाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्