भारतसँगको सीमा विवाद थप जटिल नहुने चीनको आशा

काठमाडौं। भारतमा भएको चिनियाँ दूतावासले चीन र भारतबीचको सीमा विवाद अझै जटिल नहुने आशा व्यक्त गरेको छ।

चिनियाँ दूतावासका प्रवक्ता जी रोंगले बुधबार राति ट्वीट गर्दै यो विषयमा दुवै देशले मिलेर कदम अगाडि बढ्नुपर्ने बताए।

“आशा छ, भारतले सीमा समस्या थप जटिल हुनेगरी केही कदम उठाउने छैन, भारतले सीमार्वी क्षेत्रमा शान्ति र स्थिरताका लागि उपयुक्त माहौल तयार गर्ने चीनले आशा गरेको छ,” जी रोंगले ट्वीटरमा लेखेका छन्।

भारतीय पक्षले यो सीमा विवाद लामो समयसम्म जानसक्ने बताएको छ। तर, चिनियाँ दूतावासका प्रवक्ताले दुई देशका कूटनीतिक र सैन्य माध्यम सम्पर्कमा छन्। र, पछिल्लो समय सीमावर्ती क्षेत्रमा विवाद पनि कम हुँदै आएको छ।

भारतमा भएको चिनियाँ दूतावासले निकाल्ने पत्रिकाको जुलाई अंकमा दुई देशको सम्बन्धको विस्तारमा व्याख्या गरिएको छ। त्यो पत्रिकामा भारतका लागि चिनियाँ राजदूत सुन विडोङ्गले जुनसुकै सम्बन्धमा पनि उत्तर-चढाब आउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्