सोलुखुम्बु। मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महीनादेखि अलपत्र परेका छन्।
अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महीनाअघि नै भीषाको म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए।
नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको श्रेष्ठको भनाइ छ। उनका अनुसार लामो समयदेखि बिनारोजगार कोठामा बसिरहँदा खर्च अभाव भएको छ।
“पाँच महीनादेखि काम गर्न पाएको छैन”, श्रेष्ठले भने, “मलेसियास्थित नेपाली दूतावासमा अनलाइनमार्फत नेपाल आउन पटकपटक फर्म भर्यौं तर नियमित उडान नहुँदा महंगो पर्ने भन्दै कम्पनीले पठाउन मान्दैन।”
नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको श्रेष्ठले जानकारी दिए। चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुँदा समस्या भएको उनले बताए।
खान र बस्नका लागि कम्पनीले व्यवस्था गरेको भए पनि कम्पनीले दिने खाद्यान्नले नपुग्ने विकास विश्वकर्माले बताए। नौ जनालाई हप्तामा २० केजी चामल दिने भएपनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उनले बताए। त्यो पनि नेपाली दूतावासलाई भनेपछि एक महीनायता मात्रै दिन थालिएको पीडितले बताएका छन्।
अलपत्र पर्नेमा झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बागलुङका अम्मर आचार्य र अमृत गुरुङ, गोरखाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम छन्। रासस
" /> सोलुखुम्बु। मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महीनादेखि अलपत्र परेका छन्।अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महीनाअघि नै भीषाको म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए।

">