काठमाडौं। कोभिड-१९ महामारीका कारण नेपाली आप्रवासी श्रमिकहरू विभिन्न प्रकारले प्रभावित भएको राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनले देखाएको छ।
“विदेशमा कार्यरत ठूलो संख्याका नेपालीहरूले रोजगारी र आम्दानी गुमाउनुका साथै उनीहरू कोभिड-१९ संक्रमण वा त्यसबाट ज्यानै गुम्ने जोखिममा रहेका छन्,” आयोगले आज सार्वजनिक गरेको ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरूको अधिकार अध्ययन प्रतिवेदन’मा भनिएको छ, “त्यसैगरी उनीहरूको मानव अधिकार तथा श्रम अधिकार हनन् र उनीहरूप्रति सामाजिक लाञ्छना, विभेदपूर्ण व्यवहार र विभेदका घटनाहरू भएका छन्।”
खास गरेर महिला, घरेलु तथा अनभिलेखवद्ध श्रमिक, गर्भवती, अपाङ्गता भएका, रोजगारीबाट निष्कासन गरिएका, कोभिड- १९ संक्रमित र दीर्घरोग स्वास्थ्य समस्या भएकाहरू अझ जोखिममा परेको आयोगको ठहर छ। देशभित्रै उचित र मर्यादित रोजगारी उपलब्ध नहुँदा लाखौँ नेपालीहरूले वैदेशिक रोजगारीलाई विकल्प बनाउन वाध्य हुने गरेका छन्।
अधिकांश नेपालीहरू भारत तथा खाडी र मलेसिया जाने गरेका छन्। कूल गार्हस्थ उत्पादनको वार्षिक सरदर २५ प्रतिशत बराबरको रकम विप्रेषण पठाउने नेपाली आप्रवासी श्रमिकहरूले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन्। “सामान्य अवस्थामा पनि कयौँ नेपाली आप्रवासी श्रमिकहरू शोषण र ज्यादतीमा पर्दै आएको वा त्यस्तो जोखिममा रहँदै आएका थिए, त्यसमा पनि कोभिड–१९ ले उनीहरूमाथि झन जोखिम बढेको छ। कोभिड–१९ महामारीले आप्रवासी श्रमिकहरूमा पारेको प्रभावबाट उनीहरूलाई संरक्षण गर्नु पर्ने र उनीहरूको उद्धार, घरफिर्ती र उचित क्षतिपूर्ति लगायतका मानव अधिकार र श्रम अधिकार सम्मान, संरक्षण र परिपालना हुन टड्कारो आवश्यकता देखिन्छ,” प्रतिवेदनमा भनिएको छ।
यो अध्ययन प्राथमिक र सहायक स्रोतहरूको समीक्षा र विश्लेषणका आधारमा गरिएको आयोगले जनाएको छ। अध्ययनका क्रममा नेपालीहरूका प्रमुख श्रम गन्तव्य देशमा रहेका र स्वदेश फर्किएका श्रमिकसँगको अन्तरक्रिया/अन्तर्वार्ता, नेपाल सरकारका विभिन्न निकाय तथा तिनका प्रतिनिधि, श्रम र आप्रवासनका क्षेत्रमा कार्यरत सरोकारवालासँगको अन्तरक्रिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, होल्डिङ्ग सेन्टर र क्वारेन्टिनहरूमा स्थलगत अवलोकन गरिएको थियो।
नेपालीहरूका प्रमुख श्रम गन्तव्य, खासगरी खाडीका देशहरूमा, कोभिड–१९ सङ्क्रमित र त्यसबाट ठूलो संख्यामा नेपालीहरूको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। “कोरोना सङ्क्रमणबाट सुरक्षित रहने उपाय, सङ्क्रमण भएमा आवश्यक सेवा र सहायता बारेमा जानकारी नहुनु, कार्यस्थल तथा आवासीय क्याम्पहरू अत्यधिक भिडभाडयुक्त हुनु र तिनमा पर्याप्त सरसफाइ नहुनु र कोरोना संक्रमितसँगै एउटै कोठा/आवासमा बस्नु पर्ने जस्ता कारणले नेपाली श्रमिकहरू कोरोना सङ्क्रमणको जोखिममा रहेका छन्,” प्रतिवेदनमा भनिएको छ।
कतिपय देशमा कोभिड–१९ सङ्क्रमित नेपालीहरूले उचित स्वास्थ्य सेवा, कोरोना परीक्षण र उपचारबाट वञ्चित भएको समेत आयोगले जनाएको छ। कतिपय गन्तव्य देशमा नेपालीहरू कति सङ्क्रमित भए र कतिको मृत्यु भयो भन्ने समेत सरकारसँग आधिकारिक र अध्यावधिक विवरण नहुँदा नेपाली श्रमिकहरूको संरक्षणमा वेवास्ता र तिनका परिवारले आफन्तको स्वास्थ्य र जीवनको बारेमा जानकारी पाउने अधिकार हनन् भएको ठहर आयोगले गरेको छ।
अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदा विदेशमा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउने प्रयासमा सरकार चुकेको समेत जनाइएको छ। “मृतक तथा तिनका परिवारको आफ्नो परम्परा र संस्कारअनुसार अन्तिम संस्कार गर्न पाउने अधिकारको सम्मान र संरक्षण गर्नेतर्फ सरकारको प्रयास नहुँदा र गन्तव्य देशमै अन्त्यष्टि गरिँदा आफ्नो परम्परमा अनुसार मृत्युसंस्कार गर्नबाट तिनका परिवार वञ्चित भए,” प्रतिवेदनमा स्पष्ट लेखिएको छ।
नेपाली आप्रवासी कामदार मध्ये पनि अनभिलेखवद्ध, घरेलु श्रमिक, गर्भवती, रोजगारी र आम्दानी गुमाएका, सूचनामा पहुँच नभएका, अपाङ्गता भएका र विशेष स्वास्थ्य श्रमिकहरू थप जोखिममा रहेको अध्ययनमा देखिएको छ। “नेपाल फर्किएका कतिपय श्रमिकहरू र तिनका परिवारहरूलाई ‘यिनीहरूले कोरोना सार्छन्’ भनेर समुदायले हेला र दुर्व्यवहार गर्ने तथा हेयको दृष्टिले हेर्ने गरिएको छ,” प्रतिवेदनमा भनिएको छ।
भारत रोजगारीमा गई कोभिड–१९ सिर्जित संकटपश्चात् स्वदेश फर्केकाहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुले उनीहरूको स्वदेश फर्कन पाउने अधिकार हनन् भएको ठहर आयोगको छ।
" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण नेपाली आप्रवासी श्रमिकहरू विभिन्न प्रकारले प्रभावित भएको राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनले देखाएको छ।
“विदेशमा कार्यरत ठूलो संख्याका नेपालीहरूले रोजगारी र आम्दानी गुमाउनुका साथै उनीहरू कोभिड-१९ संक्रमण वा त्यसबाट ज्यानै गुम्ने जोखिममा रहेका छन्,” आयोगले आज सार्वजनिक गरेको ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरूको अधिकार अध्ययन प्रतिवेदन’मा भनिएको छ, “त्यसैगरी उनीहरूको मानव अधिकार तथा श्रम अधिकार हनन् र उनीहरूप्रति सामाजिक लाञ्छना, विभेदपूर्ण व्यवहार र विभेदका घटनाहरू भएका छन्।”
खास गरेर महिला, घरेलु तथा अनभिलेखवद्ध श्रमिक, गर्भवती, अपाङ्गता भएका, रोजगारीबाट निष्कासन गरिएका, कोभिड- १९ संक्रमित र दीर्घरोग स्वास्थ्य समस्या भएकाहरू अझ जोखिममा परेको आयोगको ठहर छ। देशभित्रै उचित र मर्यादित रोजगारी उपलब्ध नहुँदा लाखौँ नेपालीहरूले वैदेशिक रोजगारीलाई विकल्प बनाउन वाध्य हुने गरेका छन्।
अधिकांश नेपालीहरू भारत तथा खाडी र मलेसिया जाने गरेका छन्। कूल गार्हस्थ उत्पादनको वार्षिक सरदर २५ प्रतिशत बराबरको रकम विप्रेषण पठाउने नेपाली आप्रवासी श्रमिकहरूले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन्। “सामान्य अवस्थामा पनि कयौँ नेपाली आप्रवासी श्रमिकहरू शोषण र ज्यादतीमा पर्दै आएको वा त्यस्तो जोखिममा रहँदै आएका थिए, त्यसमा पनि कोभिड–१९ ले उनीहरूमाथि झन जोखिम बढेको छ। कोभिड–१९ महामारीले आप्रवासी श्रमिकहरूमा पारेको प्रभावबाट उनीहरूलाई संरक्षण गर्नु पर्ने र उनीहरूको उद्धार, घरफिर्ती र उचित क्षतिपूर्ति लगायतका मानव अधिकार र श्रम अधिकार सम्मान, संरक्षण र परिपालना हुन टड्कारो आवश्यकता देखिन्छ,” प्रतिवेदनमा भनिएको छ।
यो अध्ययन प्राथमिक र सहायक स्रोतहरूको समीक्षा र विश्लेषणका आधारमा गरिएको आयोगले जनाएको छ। अध्ययनका क्रममा नेपालीहरूका प्रमुख श्रम गन्तव्य देशमा रहेका र स्वदेश फर्किएका श्रमिकसँगको अन्तरक्रिया/अन्तर्वार्ता, नेपाल सरकारका विभिन्न निकाय तथा तिनका प्रतिनिधि, श्रम र आप्रवासनका क्षेत्रमा कार्यरत सरोकारवालासँगको अन्तरक्रिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, होल्डिङ्ग सेन्टर र क्वारेन्टिनहरूमा स्थलगत अवलोकन गरिएको थियो।
नेपालीहरूका प्रमुख श्रम गन्तव्य, खासगरी खाडीका देशहरूमा, कोभिड–१९ सङ्क्रमित र त्यसबाट ठूलो संख्यामा नेपालीहरूको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। “कोरोना सङ्क्रमणबाट सुरक्षित रहने उपाय, सङ्क्रमण भएमा आवश्यक सेवा र सहायता बारेमा जानकारी नहुनु, कार्यस्थल तथा आवासीय क्याम्पहरू अत्यधिक भिडभाडयुक्त हुनु र तिनमा पर्याप्त सरसफाइ नहुनु र कोरोना संक्रमितसँगै एउटै कोठा/आवासमा बस्नु पर्ने जस्ता कारणले नेपाली श्रमिकहरू कोरोना सङ्क्रमणको जोखिममा रहेका छन्,” प्रतिवेदनमा भनिएको छ।
कतिपय देशमा कोभिड–१९ सङ्क्रमित नेपालीहरूले उचित स्वास्थ्य सेवा, कोरोना परीक्षण र उपचारबाट वञ्चित भएको समेत आयोगले जनाएको छ। कतिपय गन्तव्य देशमा नेपालीहरू कति सङ्क्रमित भए र कतिको मृत्यु भयो भन्ने समेत सरकारसँग आधिकारिक र अध्यावधिक विवरण नहुँदा नेपाली श्रमिकहरूको संरक्षणमा वेवास्ता र तिनका परिवारले आफन्तको स्वास्थ्य र जीवनको बारेमा जानकारी पाउने अधिकार हनन् भएको ठहर आयोगले गरेको छ।
अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदा विदेशमा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउने प्रयासमा सरकार चुकेको समेत जनाइएको छ। “मृतक तथा तिनका परिवारको आफ्नो परम्परा र संस्कारअनुसार अन्तिम संस्कार गर्न पाउने अधिकारको सम्मान र संरक्षण गर्नेतर्फ सरकारको प्रयास नहुँदा र गन्तव्य देशमै अन्त्यष्टि गरिँदा आफ्नो परम्परमा अनुसार मृत्युसंस्कार गर्नबाट तिनका परिवार वञ्चित भए,” प्रतिवेदनमा स्पष्ट लेखिएको छ।
नेपाली आप्रवासी कामदार मध्ये पनि अनभिलेखवद्ध, घरेलु श्रमिक, गर्भवती, रोजगारी र आम्दानी गुमाएका, सूचनामा पहुँच नभएका, अपाङ्गता भएका र विशेष स्वास्थ्य श्रमिकहरू थप जोखिममा रहेको अध्ययनमा देखिएको छ। “नेपाल फर्किएका कतिपय श्रमिकहरू र तिनका परिवारहरूलाई ‘यिनीहरूले कोरोना सार्छन्’ भनेर समुदायले हेला र दुर्व्यवहार गर्ने तथा हेयको दृष्टिले हेर्ने गरिएको छ,” प्रतिवेदनमा भनिएको छ।
भारत रोजगारीमा गई कोभिड–१९ सिर्जित संकटपश्चात् स्वदेश फर्केकाहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुले उनीहरूको स्वदेश फर्कन पाउने अधिकार हनन् भएको ठहर आयोगको छ।
प्रतिक्रिया दिनुहोस्