काठमाडौं। १०० दिनभन्दा लामो समयसम्म कोरोना भाइरस संक्रमणको एउटै नयाँ केस नदेखिएको न्युजिल्यान्डमा हिजो एकैदिन १४ जनामा संक्रमण पुष्टि भएको छ।
न्युजिल्यान्डको सबभन्दा ठूलो शहर अकल्यान्डमा लकडाउन गरिएपछि १४ जनामा संक्रमण देखिएको हो।
तीन महीनाभन्दा लामो समयसम्म स्थानीय संक्रमणरहित देशका रूपमा रहेपछि बुधबारबाट न्युजिल्यान्ड सरकारले अकल्यान्डमा लकडाउन गरेको थियो।
“हामी गम्भीर अवस्थामा प्रवेश गर्दैछौं। स्थानीय स्तरमा देखिएका संक्रमणले हामी पूर्ण रूपमा सुरक्षित नभएको देखाएको छ,” प्रधानमन्त्री ज्याकिन्डा अर्डेर्नले भने, “सावधानीका सबै उपाय अपनाउन सरकार सम्पूर्ण देशवासीलाई आह्वान गर्न चाहन्छ।”
" /> काठमाडौं। १०० दिनभन्दा लामो समयसम्म कोरोना भाइरस संक्रमणको एउटै नयाँ केस नदेखिएको न्युजिल्यान्डमा हिजो एकैदिन १४ जनामा संक्रमण पुष्टि भएको छ।न्युजिल्यान्डको सबभन्दा ठूलो शहर अकल्यान्डमा लकडाउन गरिएपछि १४ जनामा संक्रमण देखिएको हो।

">