काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यका बाहिर जान जारी गर्दै आएको सबै प्रकारका सवारी साधनको पास बन्द गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृति समेत अर्को व्यवस्था नभए सम्मका लागि पूर्ण रूपमा बन्द गरेको जनाएको छ।
“यस कार्यालयबाट काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास साथै उपत्यका बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृति समेत अर्को व्यवस्था नभए सम्मका लागि पूर्ण रूपमा बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” काठमाडौं जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ।
गृह मन्त्रालयले हिजो सवारी पास वितरण गर्ने कार्य बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गरेको हो।
" /> काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यका बाहिर जान जारी गर्दै आएको सबै प्रकारका सवारी साधनको पास बन्द गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृति समेत अर्को व्यवस्था नभए सम्मका लागि पूर्ण रूपमा बन्द गरेको जनाएको छ।“यस कार्यालयबाट काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास साथै उपत्यका बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृति समेत अर्को व्यवस्था नभए सम्मका लागि पूर्ण रूपमा बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” काठमाडौं जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ।
गृह मन्त्रालयले हिजो सवारी पास वितरण गर्ने कार्य बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गरेको हो।
">