ललितपुर। दक्षिण ललितपुरको महांकाल गाउँपालिकामा पर्ने रातोमाटे-बतासे-काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ।

५ र ६ साउनको भारी वर्षापछि यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको हो।

सडकखण्ड विस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नसक्दा २५ दिनअघिदेखि ठूलो पहिरोका कारण गाउँवासीले विभिन्न समस्या भोग्न बाध्य भइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए।

उनले भने, “यहाँ करिब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पूरै ढिस्को खसेर गाउँवासीलाई आवतजावतमा समेत जोखिम भइरहेको छ ।”

ठेकेदार कम्पनीले समयमै पहिरो हटाएर करीब ५० वटा जाली भरिदिएर पर्खाल लगाइदिएमा तत्कालै समस्या समाधान हुने दाहालले बताए। रासस

" /> ललितपुर। दक्षिण ललितपुरको महांकाल गाउँपालिकामा पर्ने रातोमाटे-बतासे-काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ।

५ र ६ साउनको भारी वर्षापछि यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको हो।

सडकखण्ड विस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नसक्दा २५ दिनअघिदेखि ठूलो पहिरोका कारण गाउँवासीले विभिन्न समस्या भोग्न बाध्य भइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए।

उनले भने, “यहाँ करिब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पूरै ढिस्को खसेर गाउँवासीलाई आवतजावतमा समेत जोखिम भइरहेको छ ।”

ठेकेदार कम्पनीले समयमै पहिरो हटाएर करीब ५० वटा जाली भरिदिएर पर्खाल लगाइदिएमा तत्कालै समस्या समाधान हुने दाहालले बताए। रासस

"> ठेकेदारले काम नगर्दा सडक अवरुद्ध : Dekhapadhi
ठेकेदारले काम नगर्दा सडक अवरुद्ध
ललितपुर। दक्षिण ललितपुरको महांकाल गाउँपालिकामा पर्ने रातोमाटे-बतासे-काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ।

५ र ६ साउनको भारी वर्षापछि यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको हो।

सडकखण्ड विस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नसक्दा २५ दिनअघिदेखि ठूलो पहिरोका कारण गाउँवासीले विभिन्न समस्या भोग्न बाध्य भइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए।

उनले भने, “यहाँ करिब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पूरै ढिस्को खसेर गाउँवासीलाई आवतजावतमा समेत जोखिम भइरहेको छ ।”

ठेकेदार कम्पनीले समयमै पहिरो हटाएर करीब ५० वटा जाली भरिदिएर पर्खाल लगाइदिएमा तत्कालै समस्या समाधान हुने दाहालले बताए। रासस

प्रतिक्रिया दिनुहोस्