काठमाडौं। अपराधको दृष्टिले अबको समय सर्वाधिक चुनौतिपूर्ण रहेको भन्दै सुरक्षा मामिलाका जानकारहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार आर्थिक, सामाजिक र जघन्य प्रकृतिका अपराधले अब ‘भयावह’ रूप लिन सक्ने देखिन्छ। यसको मुख्य कारण कोरोना संक्रमणको महामारी नै हो।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालले अपराधले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढवा पाउन सक्ने अवस्था रहेको बताए। “मानिसहरूलाई दैनिक जीवन चलाउन चाहिने आर्थिक व्यवस्थापनमा गम्भीर समस्या निम्तिएको छ र आर्थिक गतिविधि पूर्णतयाः ठप्प भएको छ”, उनले देखापढीसँग भने, “आम नागरिकको दिनचर्या एकदम अप्ठ्यारो स्थितिमा छ, यसको योगदान अपराधमा हुन्छ र अपराधले राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा बढवा पाउने देख्छु।”
कोरोना महामारीका कारण थुप्रै मानिसहरूको आर्थिक गतिविधि ठप्प भएको छ। हजारौंले रोजगारी गुमाएका छन्। उद्योगी–व्यवसायीहरू पनि ऋणको चपेटामा छन्। मध्यम वर्गको मानिसहरूको स्तर खस्केको छ। निम्न स्तरका मानिसरूलाई बाँच्नका लागि खान-लाउनै समस्या भएको अवस्था छ।
अपराधिक क्षेत्रमा संलग्नहरूको पृष्ठभूमि हेर्दा उनीहरूले खान र लाउनकै निम्ति बाध्यात्मक रूपमा अपराध गर्ने गरेका छन्। हालको स्थितिमा मानिसहरू चोरी, डकैती, लुटपाटसँगै बैंक ठगी, क्रेडिट कार्डहरू ह्याकिङ गर्ने, बैंक अकाउन्टहरू ह्याकिङ गर्ने, अनलाइमा ठगेर मानिसहरूको पैसा खाइदिने जस्ता अपराध हुन सक्ने पूर्वएआईजी ढकाल बताउँछन्। त्यससँगै जघन्य प्रकृतिका अपराधहरू हत्या र अपहरण पनि हुन सक्ने उनले बताए।
“यस्तो अवस्थामा अपराधसँगको गहनतालाई ध्यान दिएर समयमै अपराध नियन्त्रणका लागि प्रहरीले सामाजिक सचेतना जगाउनेदेखि अपराध अनुसन्धानमा व्यापक क्षमता बृद्धि गर्नुपर्छ”, पूर्वएआईजी ढकालले भने। नेपालमा १० माघमा पहिलो कोरोना संक्रमित देखिएका थिए। चैत ११ गतेदेखि भने संक्रमण फैलिन सक्ने भन्दै सरकारले पूर्ण बन्दाबन्दी गर्यो। जतिबेला उद्योग, कलकारखाना, प्रतिष्ठान, बजार, होटल, रेस्टुरेन्टदेखि उडान पनि बन्द भए।
तर, सरकारले असारको २५ गतेदेखि केही हदसम्म बन्दाबन्दी खुल्ला गर्यो। साउनको ७ गतेदेखि भने सभा, सम्मेलन गर्नेदेखि हवाइ उडान लगायत क्षेत्रबाहेक खुल्ला गर्यो। यद्यपि, कोरोना संक्रमणको महामारी बढ्दै गएपछि फेरि सरकारले कडाइ गर्दै लगेको छ।अर्कातिर कोरोना महामारीविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिँदै आएका प्रहरी धमाधम संक्रमित हुँदैछन्। देशभर अढाई सयको सङ्ख्यामा प्रहरी संक्रमित भइसकेका छन्। आफू जोगिदै समुदायका मानिसहरूलाई कोरोना संक्रमणबाट जोगाउन प्रहरीको सक्रियता बढ्दो छ।
यस्तो अवस्थामा स्वाभाविक रूपमा प्रहरीको ‘मोबिलिटी’ पहिलेको तुलनामा घटेको सुरक्षा तथा अपराध मामिलाका जानकार पत्रकार केपी ढुङ्गाना बताउँछन्। समाजमा शान्ति र सुरक्षा कायम गर्नेदेखि अपराध अनुसन्धान गर्ने, अभियुक्त पक्राउ गर्दै कानूनी कठघरामा उभ्याउने लगायत काममा खरो उत्रिने प्रहरीको मोबिलिटी घट्दा आपराधिक मनोवृत्तिका मानिसहरूले टाउँको उठाउन सक्ने उनको भनाइ छ।
“हिजो प्रहरीले जुन संगठित अपराध गर्नेहरूलाई दबाएर राख्यो र, सुषुप्त अवस्थामा थियो र अब कोरोनाबाट प्रहरी आफू जोगिन र सर्वसाधारणलाई जोगाउनतिर लाग्दा सुषुप्त अवस्थामा रहेका संगठित अपराधीहरू सक्रिय हुने भयो”, उनले भने, “अब शहरी क्षेत्रहरूमा संगठित अपराध शुरू हुन्छ, लुटपाट, रकम असुली गर्नेदेखि ठूला व्यापारीलाई ‘टार्जेट’ गरेर आर्थिक उपार्जनका निम्ति अपहरण शुरू हुन्छ।”
प्रहरी आक्रमक रूपमा प्रस्तुत भएर ‘इन्काउन्टर’ गर्न थालेपछि केही गुण्डागर्दी गर्नेहरूले पेशा नै परिवर्तन गरे। गुण्डा नाइके भनेर चिनिएका गणेश लामा, रोज राणादेखि दीपक मनाङे राजनीतिमा लागेका छन्। मनाङे मनाङबाट निर्वाचन जितेर गण्डकी प्रदेशको सांसद पनि भएका छन्।
प्रहरी ‘इन्काउन्टर’मा गुण्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’ र कुमार घैंटेको मृत्यु भयो। त्यसपछि पेशेवर रूपमा गुण्डागर्दी गर्नेहरू हच्किएका छन्। तर, पत्रकार ढुङ्गाना यो अवस्थामा फेरि जुर्मुराउन सक्ने भन्दै त्यस्तो अपराधमा यसअघि संलग्नहरूलाई निगरानी राखेर दबाएको दबाएकै गर्नुपर्ने सुझाउँछन्। यससँगै तात्कालिक रूपमा नयाँ सुरक्षा रणनीतिक बनाउनु पर्नेमा पनि उनको जोड छ।
होइन भने अपराधका स्वरुप र शैली २०६५ सालतिर जस्तै हुन सक्ने ढुङ्गानाले बताए। जतिबेला पाकेट पार्नेदेखि धाराको टुटी, सुकाएको कपडा, पानी तान्ने मोटर चोर्ने जस्ता अपराधिक गतिविधि बढी हुने गर्दथ्यो। “अब फेरि त्यो तहको अपराध हुने सम्भावना बढी छ, बन्दाबन्दीले पारेको आर्थिक प्रभावका कारण बाँच्नका निम्ति मानिसहरूले अपराध गर्छन्”, ढुङ्गानाले भने।
यता पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मानिसहरूको ‘मुभमेन्ट’ र सीमा नाकामा मानिस नियन्त्रण गर्नतर्फ प्रहरी लाग्नुपर्दा अपराध बढ्ने बताउँछन्। “प्रहरीको ध्यान अन्तैतिर हुँदा अपराध गर्न खोज्नेलाई आपराधिक काम गर्न सजिलो हुन्छ”, पूर्वडीआइजी मल्लले देखापढीसँग भने, “उनीहरूले यस्तै अस्थिर बेलामा फाइदा उठाउने हो।”
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले प्रहरीले सुरक्षा रणनीति बनाएको बताए। गरिबी बढेको र रोजगारी पनि नपाएको स्थितिमा अपराध अरु बेला भन्दा बढी हुन सक्ने भनेरै सुरक्षा रणनीति बनाएको बताए। “बन्दाबन्दी खुलेपछि सवारी रोडमा धेरै गुड्छन्, त्यस्तो हुँदा दुर्घटना बढी हुन्छ भने जसरी हामीले पनि यो अस्थिरताको बेला चोरी, लुटपाटजस्ता अपराध बढी हुन सक्छन् भनेर सुरक्षा रणनीति बनाएका छौं”, उनले भने, “मातहतका युनिटहरूलाई पनि आ–आफ्नो क्षेत्रको अवस्थाअनुसार रणनीति बनाउन परिपत्र गरेका छौं।”
उनका अनुसार यसअघि आपराधिक गतिविधिमा संलग्न भएकाहरूलाई प्रहरीले निगरानीमा राख्ने काम पनि गरिरहेको छ।
" /> काठमाडौं। अपराधको दृष्टिले अबको समय सर्वाधिक चुनौतिपूर्ण रहेको भन्दै सुरक्षा मामिलाका जानकारहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार आर्थिक, सामाजिक र जघन्य प्रकृतिका अपराधले अब ‘भयावह’ रूप लिन सक्ने देखिन्छ। यसको मुख्य कारण कोरोना संक्रमणको महामारी नै हो।पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालले अपराधले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढवा पाउन सक्ने अवस्था रहेको बताए। “मानिसहरूलाई दैनिक जीवन चलाउन चाहिने आर्थिक व्यवस्थापनमा गम्भीर समस्या निम्तिएको छ र आर्थिक गतिविधि पूर्णतयाः ठप्प भएको छ”, उनले देखापढीसँग भने, “आम नागरिकको दिनचर्या एकदम अप्ठ्यारो स्थितिमा छ, यसको योगदान अपराधमा हुन्छ र अपराधले राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा बढवा पाउने देख्छु।”

">