कैलाली। कञ्चनपुरको महेन्द्रनगर ट्राफिक चोकस्थित भानु पार्टी प्यालेस नजिकै फेला परेको बम सेनाले निष्कृय पारेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गएराति २ बजे भेटिएको प्रेसर कुकुर बमलाई आज बिहान साढे ६ बजेतिर नेपाली सेनाको टोलीले निष्कृय पारेको बताए।
भानु पार्टी प्यालेसको नजिकै झोलाभित्र राखेर छाडिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको थियो। बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा समेत भेटिएको डीएसपी थापाले बताए।
" /> कैलाली। कञ्चनपुरको महेन्द्रनगर ट्राफिक चोकस्थित भानु पार्टी प्यालेस नजिकै फेला परेको बम सेनाले निष्कृय पारेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गएराति २ बजे भेटिएको प्रेसर कुकुर बमलाई आज बिहान साढे ६ बजेतिर नेपाली सेनाको टोलीले निष्कृय पारेको बताए।
भानु पार्टी प्यालेसको नजिकै झोलाभित्र राखेर छाडिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको थियो। बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा समेत भेटिएको डीएसपी थापाले बताए।
">