काठमाडौं। ब्राजिलमा ३० लाख ५७ हजार कोरोना संक्रमति देखिएका छन्। एक लाखभन्दा बढीको मृत्यु भएको छ। ब्राजिलमा पहिलो मृत्युबाट मर्नेको संख्या १ लाख पुग्न १६४ दिन लाग्यो।
ब्राजिलमा शुरूमा मृत्युदर एकदमै कम थियो। मार्च १२ मा पहिलो मृत्यु भएको थियो। मे ९ मा पुग्दा यो संख्या १० हजारभन्दा नाघ्यो। महामारीको प्रभाव बढ्दै जान थालेपछि जुनमा कोरोना भाइरस महामारीका कारण मर्नेको संख्या ५० हजार पुग्यो।
यो क्रम बढ्दै जाने क्रमले निरन्तरता पाउँदा अहिलेसम्म ब्राजिलमा १ लाख १ हजार ७५२ को मृत्यु भइसकेको छ।
नेपालमा पनि कोरोना भाइरसको संक्रमण डरलाग्दो रूपमा बढ्दै गइरहेको छ। देशव्यापी रूपमा हेर्दा काठमाडौं उपत्यकासहित केही जिल्लामा यसको दर बढ्दो छ। प्रदेश २ र काठमाडौं उपत्यकामा संक्रमित र मर्नेको संख्या बढिरहेको छ।
उच्च ओहोदाका व्यक्तिदेखि उच्च पदस्थका सुरक्षाकर्मी, प्रहरी, बैंक तथा अन्य वित्तिय संस्थाका कर्मचारी, व्यावसायिक प्रतिष्ठानका कर्मचारी हुँदै कोरोना भाइरस काठमाडौंको समुदायमा फैलिइसकेको छ।
हिजोसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ। ९१ जनाले ज्यान गुमाइसकेका छन्। काठमाडौं उपत्यकामा मात्र पछिल्लो दुई दिनमा १०० भन्दा बढी संक्रमति थपिएका छन्।
काठमाडौंमा अहिलेसम्म संक्रमितको कुल संख्या एक हजार १२२ पुगेको छ। साउन २७ गते १३४ जना संक्रमित देखिएको काठमाडौंमा साउन २८ गते १३८ जना थपिएका छन्।
सरकारले ११ चैतमा लागू गरेको लकडाउन ७ साउनमा खुकुलो गर्नुअघिसम्म काठमाडौं उपत्यकाको स्थिति नियन्त्रणमा थियो। तर, ७ साउनबाट सरकारले लकडाउन खुकुलो पार्दै लगेपछि बढी जनघनत्वको यो शहर कोरोनाको नयाँ हटस्पट बन्ने जोखिम बढेको छ।
कतै ब्राजिलको अवस्थामा पुगिदैंन ?
अमेरिकापछि ब्राजिल एकमात्र देश हो जहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाखभन्दा बढी छ। चीनले महामारीबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको दुई महीनापछि मात्र ब्राजिलमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।
त्यतिबेलासम्म विश्वका ३८ देशमा ८१ हजार भन्दा बढी संक्रमित देखिएका थिए। महामारीलाई सामान्य रूपमा लिएको ब्राजिलले नियन्त्रणका लागि खासै प्रयास गरेन्।
“लकडाउनका बेला परीक्षणको दायरा व्यापक बनाउने, पर्याप्त मात्रामा आइसोलेसन बनाउने, स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्ने, भोकमरी हुन नदिन खाद्यान्नको भण्डारण गर्ने जस्ता काम गर्न सकिन्थ्यो। केही पनि गर्न सकिएन्।”
महामारी नियन्त्रणका लागि पूर्व तयारी नगर्नु, राष्ट्रिय नीति नबनाउनु, राष्ट्रपति बोलसोनारोले बेवास्ता गर्नु, परीक्षणको दायर नबढाउनु, पर्याप्त भौतिक दूरी कायम नगर्नु, क्लोरक्वीन तथा हाइड्रोअक्सिक्लोरोक्विनप्रति भर पर्नु, जथाभावी अस्पताल निर्माण गर्नु जस्ता कारणले ब्राजिलमा कोरोना महामारीको अवस्था एकदमै भयावह बनेको साओ पाउलो विश्वविद्यालयका प्रोफेसर डा. इस्टरले बताएका छन्।
नेपालको कस्तो छ अवस्था ?
छिमेकी देश भारतमा पनि दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन्। २३ लाख ३३ हजार भन्दा बढी कोरोना संक्रमति रहेको भारतमा ४६ हजार २१६ जनाको मृत्यु भइसकेको छ।
नेपालमा पनि पछिल्लो समय दैनिक ४०० भन्दा बढीको संख्यामा संक्रमित थपिइरहेका छन्। नेपालमा गत ९ माघा पहिलो संक्रमित भेटिएको थियो। दोस्रो संक्रमित देखिन ६१ दिन लागेको थियो। त्यसपछि २५ वेशाखमाा संक्रमितको संख्या १०० नाघ्यो।
३ जेठमा कोभिड-१९ बाट पहिलो मृत्यु भएको थियो। पहिलो मृत्युबाट ४० जना पुग्न ६४ दिन लाग्यो। त्यसपछि भने मृत्युदरमा ह्वात्तै बढेको छ। लकडाउन खुलेको २२ दिनमा ४९ जनाले ज्यान गुमाएका छन्। पछिल्लो समय दैनिक सरदरमा २ जनाले ज्यान गुमाइरहेका छन्।
यस्तै गतिमा मृत्युदर बढ्ने हो भने नेपालमा महामारीको भयावह अवस्था आउने जनस्वास्थ्यविद्हरूको भनाइ छ।
नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरिसकेको जनस्वास्थ्य विद् डा. राजकुमार महतोले देखापढीलाई बताए। संक्रमण समुदायस्तरमा गइसकेको भन्दै अब सरकारको नियन्त्रणभन्दा बाहिर गएको उनको भनाइ छ।
महतोका अनुसार भारतमा संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा नेपालमा पनि त्यसको असर देखिएको छ।
महामारी नियन्त्रणमा नेपाल कहाँ चुक्यो ?
पूर्वतयारी नगर्नुः
विश्वका अन्य देशहरूमा कोरोना संक्रमण बढिरहेको बेला नेपालमा संक्रमित थिएनन्। त्यही बेलादेखि नै पूर्व तयारी नगरिएको डा. महतोको भनाई छ।
“तयारी गर्नुपर्ने बेला सरकार चुप लागेर बस्यो, जनता विदेशका कोरोनाबारेका समाचार हेर्नमा व्यस्त रहे। न समुदायस्तरबाट पूर्व तयारी गर्न सकियो न त सरकार नै अगाडि बढ्यो,” उनले भने।
स्पष्ट राष्ट्रिय नीति नबनाउनु
कुनै पनि कार्य योजनाबद्ध तरिकाले गर्नुपर्छ। तर, महामारी विश्वव्यापी बनिरहेका बेला नेपालसँग तयारी गर्न प्रशस्तै समय थियो। सरकारले कसले के गर्ने ? भनेर स्पष्ट नीति बनाउन नसकेको उनको बुझाइ छ।
पर्याप्त जनचेतनाको अभाव
विश्वमा नौलो मानिएको कोरोना महामारीबारे जनचेतना जगाउन नसक्दा पनि यो समस्या देखिएको अर्का जनस्वास्थ्यविद् डा. सुजन मरहठ्ठा बताउँछन्।
“एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिने, अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्नुपर्छ भन्ने विषयमा जनसमूदायमा सचेतना पुर्याउन सकेनौं।” उनले भने, “सचेत नागरिकहरू पनि गैरजिम्मेवार बन्यौं।”
परीक्षणको दायरा
डा. रमेश आचार्यका अनुसार व्यापक रूपमा परीक्षण हुन नसक्दा यो समस्या देखिएको हो। उनी चीनको कोरोना महामारी नियन्त्रण कार्यमा सक्रिय बनेर नेपाल फर्किएका हुन्छ।
“भारत तथा विदेशबाट आएकालाई पीसीआर परीक्षण गरेर मात्र क्वारेन्टाइनमा राख्नुपर्थ्यो। तर, उनीहरूलाई खोरमा बाख्रा थुने जसरी राख्यौं। अहिले यो परिणाम देखिएको छ। क्वारेन्टाइनमा बस्दा संक्रमण नभएकालाई पनि संक्रमण सरेको हुनसक्छ।” उनले भने।
लकडाउनका बेला कामै नहुनु
११ चैतदेखि लकडाउन (बन्दाबन्दी) भयो। ६ साउनसम्म लागू भएको लकडाउनको समयमा कुनै काम नभएको डा. मरहठ्ठाको आरोप छ।
“लकडाउनका बेला परीक्षणको दायरा व्यापक बनाउने, पर्याप्त मात्रामा आइसोलेसन बनाउने, स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्ने, भोकमरी हुन नदिन खाद्यान्नको भण्डारण गर्ने जस्ता काम गर्न सकिन्थ्यो। केही पनि गर्न सकिएन्।” डा. महतोले भने।
अब के गर्ने ?
सरकारले थप दुई साता जति लकडाउन गरेर पीसीआर परीक्षणमा व्यापकता ल्याउनुपर्ने, आइसोलेसनको व्यवस्थापन गर्ने, जनचेतना फैलाउने, भौतिक दूरी कायम नगर्ने, मास्क नलगाउनेलाई आवश्यक परेको खण्डमा कारवाही समेत गर्ने तयारी गर्नुपर्ने जनस्वास्थ्यविद्हरूको भनाई छ।
" /> काठमाडौं। ब्राजिलमा ३० लाख ५७ हजार कोरोना संक्रमति देखिएका छन्। एक लाखभन्दा बढीको मृत्यु भएको छ। ब्राजिलमा पहिलो मृत्युबाट मर्नेको संख्या १ लाख पुग्न १६४ दिन लाग्यो।ब्राजिलमा शुरूमा मृत्युदर एकदमै कम थियो। मार्च १२ मा पहिलो मृत्यु भएको थियो। मे ९ मा पुग्दा यो संख्या १० हजारभन्दा नाघ्यो। महामारीको प्रभाव बढ्दै जान थालेपछि जुनमा कोरोना भाइरस महामारीका कारण मर्नेको संख्या ५० हजार पुग्यो।

">