खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयकी ६९ वर्षीया डम्बरकुमारी राईलाई वडा कार्यालयले सहारा दिएको छ। सन्तान नभएको र श्रीमानको समेत मृत्यु भइसकेपछि बेसहारा जीवन बिताइरहेकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको हो।  

हातगोडा चल्न छाडेको र खेतीपातीको काम गर्न नसक्ने अवस्थामा पुगेकी वृद्धाको खाने, बस्ने र औषधि उपचार गर्ने जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष विदुरमान राईले बताए। “कानसमेत सुन्न छाड्नुभएकी डम्बरकुमारी अहिले सानो झुपडीमा एक्लै बस्दै आउनुभएको छ”, उनले भने, “बूढौलीपनले छोएर हिँडडुलसमेत गर्न छाड्नुभएकी उहाँको हेरचाह गर्नुका साथै आवश्यक खाद्यान्न, दाल, नुन, तेललगायत घरैमा पु¥याई दिने व्यवस्था मिलाइएको हो।”     

२००८ मा जन्मनुभएकी डम्बरकुमारीका श्रीमानको पाँच वर्षअघि मृत्यु भएको छिमेकीले बताएका छन्। श्रीमानको समेत मृत्यु भइसकेपछि सहाराविहीन बनेकी डम्बरकुमारीलाई बूढौलीपनले छुनुका साथै आफैं काम गरेर जीवन निर्वाह गर्नसक्ने अवस्था नभएपछि वडा कार्यालयले सहारा दिएको हो। डम्बरकुमारीको करीब दुई रोपनी मात्र जग्गा छ।

गत वर्षसम्म जेनतेन कुटो कोदालो गरेर खेतीपाती गर्दै आएकी डम्बरकुमारी यस वर्षदेखि घरभित्र बाहिर गर्नसमेत नसक्ने अवस्थामा पुगेकाले उनी बाँचुञ्जेलसम्म खाने, बस्नेका साथै औषधि उपचारको व्यवस्थाको जिम्मा लिइएको वडाध्यक्ष राईले बताए। केदार मगर/रासस

" /> खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयकी ६९ वर्षीया डम्बरकुमारी राईलाई वडा कार्यालयले सहारा दिएको छ। सन्तान नभएको र श्रीमानको समेत मृत्यु भइसकेपछि बेसहारा जीवन बिताइरहेकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको हो।  

हातगोडा चल्न छाडेको र खेतीपातीको काम गर्न नसक्ने अवस्थामा पुगेकी वृद्धाको खाने, बस्ने र औषधि उपचार गर्ने जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष विदुरमान राईले बताए। “कानसमेत सुन्न छाड्नुभएकी डम्बरकुमारी अहिले सानो झुपडीमा एक्लै बस्दै आउनुभएको छ”, उनले भने, “बूढौलीपनले छोएर हिँडडुलसमेत गर्न छाड्नुभएकी उहाँको हेरचाह गर्नुका साथै आवश्यक खाद्यान्न, दाल, नुन, तेललगायत घरैमा पु¥याई दिने व्यवस्था मिलाइएको हो।”     

२००८ मा जन्मनुभएकी डम्बरकुमारीका श्रीमानको पाँच वर्षअघि मृत्यु भएको छिमेकीले बताएका छन्। श्रीमानको समेत मृत्यु भइसकेपछि सहाराविहीन बनेकी डम्बरकुमारीलाई बूढौलीपनले छुनुका साथै आफैं काम गरेर जीवन निर्वाह गर्नसक्ने अवस्था नभएपछि वडा कार्यालयले सहारा दिएको हो। डम्बरकुमारीको करीब दुई रोपनी मात्र जग्गा छ।

गत वर्षसम्म जेनतेन कुटो कोदालो गरेर खेतीपाती गर्दै आएकी डम्बरकुमारी यस वर्षदेखि घरभित्र बाहिर गर्नसमेत नसक्ने अवस्थामा पुगेकाले उनी बाँचुञ्जेलसम्म खाने, बस्नेका साथै औषधि उपचारको व्यवस्थाको जिम्मा लिइएको वडाध्यक्ष राईले बताए। केदार मगर/रासस

"> सहाराविहीन डम्बरकुमारीलाई वडा कार्यालयको हेरचाह    : Dekhapadhi
सहाराविहीन डम्बरकुमारीलाई वडा कार्यालयको हेरचाह     <p style="text-align: justify;">खोटाङ। जन्तेढुङ्गा गाउँपालिका&ndash;४ डम्वर्खु शिवालयकी ६९ वर्षीया डम्बरकुमारी राईलाई वडा कार्यालयले सहारा दिएको छ। सन्तान नभएको र श्रीमानको समेत मृत्यु भइसकेपछि बेसहारा जीवन बिताइरहेकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको हो। &nbsp;</p> <p style="text-align: justify;">हातगोडा चल्न छाडेको र खेतीपातीको काम गर्न नसक्ने अवस्थामा पुगेकी वृद्धाको खाने, बस्ने र औषधि उपचार गर्ने जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष विदुरमान राईले बताए।&nbsp;&ldquo;कानसमेत सुन्न छाड्नुभएकी डम्बरकुमारी अहिले सानो झुपडीमा एक्लै बस्दै आउनुभएको छ&rdquo;, उनले भने, &ldquo;बूढौलीपनले छोएर हिँडडुलसमेत गर्न छाड्नुभएकी उहाँको हेरचाह गर्नुका साथै आवश्यक खाद्यान्न, दाल, नुन, तेललगायत घरैमा पु&yen;याई दिने व्यवस्था मिलाइएको हो।&rdquo; &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">२००८ मा जन्मनुभएकी डम्बरकुमारीका श्रीमानको पाँच वर्षअघि मृत्यु भएको छिमेकीले बताएका छन्। श्रीमानको समेत मृत्यु भइसकेपछि सहाराविहीन बनेकी डम्बरकुमारीलाई बूढौलीपनले छुनुका साथै आफैं काम गरेर जीवन निर्वाह गर्नसक्ने अवस्था नभएपछि वडा कार्यालयले सहारा दिएको हो। डम्बरकुमारीको करीब दुई रोपनी मात्र जग्गा छ।</p> <p style="text-align: justify;">गत वर्षसम्म जेनतेन कुटो कोदालो गरेर खेतीपाती गर्दै आएकी डम्बरकुमारी यस वर्षदेखि घरभित्र बाहिर गर्नसमेत नसक्ने अवस्थामा पुगेकाले उनी बाँचुञ्जेलसम्म खाने, बस्नेका साथै औषधि उपचारको व्यवस्थाको जिम्मा लिइएको वडाध्यक्ष राईले बताए। <em>केदार मगर/रासस</em></p>
प्रतिक्रिया दिनुहोस्