काठमाडौं। रुसको दाबीलाई अलि पर पन्छाउने हो भने अझै पनि कोरोनाविरुद्धको भ्याक्सिन तयार भइसकेको छैन। सुरक्षित भ्याक्सिन कहिले तयार होला भनेर मिति नै तोक्न सक्ने क्षमता पनि कसैको छैन।
तर, तयार नभइसकेको भ्याक्सिन कब्जा गर्न भने संसारका धनी मुलुकहरू बीच होड चल्न थालिसकेको छ। नेपालजस्ता कतिपय गरिब मुलुक भने कसले भ्याक्सिन निःशुल्क उपलब्ध गराउला भनेर बाटो हेर्दै बसिरहेका छन्।
भ्याक्सिनमा काम गरिरहेका कतिपय कम्पनीसँग धनी देशले करोडौं डोजका लागि अग्रिम भुक्तानीसमेत गरिसकेका छन्। चीन, बेलायत र अमेरिकाका कम्पनीहरू भ्याक्सिनको तेस्रो तथा अन्तिम चरणको परीक्षणमा लागिपरेका छन्।
रुसले त आगामी नयाँ वर्षको पहिलो दिनदेखि नै बजारमा भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको छ। ‘स्पुतनिक भी’ नाम दिइएको उक्त भ्याक्सिन प्रभावकारी रहेको पनि उसको दाबी छ।
तयार नभइसकेको भ्याक्सिन कब्जा गर्न भने संसारका धनी मुलुकहरू बीच होड चल्न थालिसकेको छ। नेपालजस्ता कतिपय गरिब मुलुक भने कसले भ्याक्सिन निःशुल्क उपलब्ध गराउला भनेर बाटो हेर्दै बसिरहेका छन्।
यहीबीच भ्याक्सिनमाथिको कब्जामा को अगाडि भनेजसरी दौड चल्न थालेको छ। र, अहिलेसम्म भ्याक्सिन निर्माता कम्पनीले पाँच अर्ब डोजभन्दा बढीको अर्डर पाइसकेका छन्। रुसकै भ्याक्सिन पनि भारतलगायतका २० देशले अर्ब डोज किन्ने भएका छन्।
पश्चिमा मुलुकका प्रयोगशालामा बनिरहेका भ्याक्सिनको पहिलो खेपको अधिकांश हिस्सा अमेरिकाले कब्जा गरिसकेको छ। अहिले संसारभरको हिसाब गर्दा ६ प्रकारका कोरोना भ्याक्सिन निर्माण तेस्रो चरणमा रहेका छन्।
भ्याक्सिन निर्माणमा जुटिरहेका कम्पनीलाई वित्तीयलगायतका अन्य सहयोग पनि मिलिरहेको छ। यसले निर्माता कम्पनीहरूलाई निकै सहजता हुन गएको छ। सबैको चासो, मेहनत र सहयोगले यो वर्षको अन्तिम या नयाँ वर्षको सुरुवातमा भ्याक्सिन उपलब्ध हुने कुरामा विश्वास पलाउन थालेको छ।
कोरोना भ्याक्सिन बनाइरहेको अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग सम्झौता गरेको छ। आशा गर्न थालिएको छ, अक्सफोर्डको भ्याक्सिनको परीक्षण नतिजा सेप्टेम्बरसम्ममा आउने छ।
कोरोना भ्याक्सिन सबैभन्दा बढी खरिद गर्ने दौडमा अहिले अमेरिका, बेलायत, युरोपियन युनियन (ईयू) र जापान रहेका छन्। ईयू ७० करोड, बेलायत २५ करोड, जापानको ४९ करोड डोज रहेको छ।
रुसको भ्याक्सिन किन्न छिमेकी भारत पनि अघि सरेको छ। भारत स्वयम्ले नै स्पुतनिक भी निर्माण गर्ने समेत छलफल अघि बढाएको छ। भारतको सिरम इन्ष्टिच्युटले अन्य देशका कम्पनीहरूसँग भ्याक्सिन निर्माणको सम्झौता गरेको छ।
भ्याक्सिनमाथिको कब्जामा त हामी निकै पछाडि छौं। निश्चित रूपमा नेपालजस्ता देशले भ्याक्सिन पाउन निकै कुर्नु पर्ने छ। धनी देशका जनता स्वस्थ भएपछि मात्रै गरिबको पालो आउनेमा कुनै शंका छैन। तर, पनि सरकारले भ्याक्सिन खरिदका लागि अहिलेदेखि नै पहल थाल्नु आवश्यक छ।
नेपाल आफैंले वा अन्य मुलुकका कम्पनीसँग मिलेर भ्याक्सिन निर्माण गर्ला ? यो प्रश्न जनमानसमा यतिखेर उठिरहेको छ। कारण स्पष्ट छ, अहिले नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। यस्तो अवस्थामा भ्याक्सिन निर्माण वा त्यसको उपलब्धताबारे प्रश्न उठ्नु स्वाभाविक छ।
तर, सरकार र स्वास्थ्यमन्त्रालयले आजका मितिसम्म यसबारे केही सोचेको देखिँदैन। सक्रिय संक्रमित ६ हजारको हाराहारीमा पुग्दा नेपालका अस्पतालमा आइसोलेसन वार्ड भरिएका छन्। भेन्टिलेटरको उपलब्धता नगण्य छ। सम्भावित संक्रमितको परीक्षण, क्वारेन्टाइन वा आइसोलेसनको समेत आवश्यक व्यवस्था हुन सकेको छैन।
स्थिति अनियन्त्रित वा भयावह भइनसके पनि खराब दिन नआउला भन्न सकिन्न। यसकारण पनि सरकारले संक्रमण बढ्न नदिन आवश्यक नियमन गर्नु जति जरुरी छ त्यति नै सर्वसाधारणले पनि सचेतता अपनाउनु अपरिहार्य छ।

" /> काठमाडौं। रुसको दाबीलाई अलि पर पन्छाउने हो भने अझै पनि कोरोनाविरुद्धको भ्याक्सिन तयार भइसकेको छैन। सुरक्षित भ्याक्सिन कहिले तयार होला भनेर मिति नै तोक्न सक्ने क्षमता पनि कसैको छैन।तर, तयार नभइसकेको भ्याक्सिन कब्जा गर्न भने संसारका धनी मुलुकहरू बीच होड चल्न थालिसकेको छ। नेपालजस्ता कतिपय गरिब मुलुक भने कसले भ्याक्सिन निःशुल्क उपलब्ध गराउला भनेर बाटो हेर्दै बसिरहेका छन्।

">