काठमाडाैं। मानव शरीर अंग प्रत्यारोपणसम्बन्धी मुद्दामा मुछिएका अभियुक्तहरू धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत ललितपुरले मागेको धरौटी रकम बुझाएर उनीहरू धरौटीमा रिहा भएका हुन्।
जमुना वतास र योगेन्द्रराज थपलिया ४ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका हुन्। त्यस्तै ५५ हजार रूपैयाँ धरौटीबापतको रकम बुझाएर भीमप्रसाद खदान फाल्देल पनि रिहा भएका छन्।
डा. राकेशकुमार बर्मा, श्रीगोपाल महर्जन, नवराज केसी, राजकुमार केसी, रामचन्द्र ढकाल, रमेश काफ्ले, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती ५० हजार रूपैया धरौटीमा रिहा भएका छन्।
मिर्गौला प्रत्यारोपण गरिएका सन्तोष राई पनि २० हजार धरौटी बुझाएर आजै छुटेका छन्। रेश्मा राईलाई भने अदालतले मागेको चार लाख रूपैयाँ धरौटी बुझाउन नसक्दा थुनामा पठाइएको छ।
सबैजना नक्कली नाता खडा गरेर अवैधरूपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले मुद्दा चलाएको छ।
कलेज अफ मेडिकल साइन्सेज (भरतपुर मेडिकल कलेज) मा अवैधरूपमा मिर्गौला प्रत्यारोपण भएको घटनामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।
" /> काठमाडाैं। मानव शरीर अंग प्रत्यारोपणसम्बन्धी मुद्दामा मुछिएका अभियुक्तहरू धरौटीमा रिहा भएका छन्।जिल्ला अदालत ललितपुरले मागेको धरौटी रकम बुझाएर उनीहरू धरौटीमा रिहा भएका हुन्।

">