काठमाडौं। नेपालको सहरी र ग्रामीण क्षेत्रमा हुँदै आएको पानीको संकटलाई समाधानमा सघाउने भन्दै स्मार्ट वास सोलुसन्सले दुईदिने अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गर्ने भएको छ।
सोलुसन्सले साउन २९ र ३० गते वेबिनारको आयोजना गर्ने भएको हो।
वेबिनारमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ, एलायन्स जेनेभाका अध्यक्ष हान हेइज्नान, भारतको तामिलनाडू राज्यको रेन सेन्टरका निर्देशक डा. शेखर राघवन, लंका रेनवाटर हार्भेष्टिङ फोरम श्रीलंकाका प्रमुख कार्यकारी अधिकृत तनुजा अरियानन्दन, वाटर एड यूकेका अर्बन वास एड्भाइजर ई. पुनितकुमार श्रीवास्तवको प्रस्तुति रहने सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले बताए।
नेपालको अवस्थाबारे काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष ई. सरोज बस्नेतको प्रस्तुति रहनेछ। सम्मेलनमा पूर्वसचिवद्वय किशोर थापा र सुमन शर्माले टिप्पणी गर्नेछन्।
वेबिनारको सहजीकरण पूर्व विज्ञान, प्रविधि तथा वातावरणमन्त्री ई. गणेश शाहले गर्ने अध्यक्ष साहले बताए।
सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत ई. हरिप्रसाद शर्माले वेभिनारले नेपालको सहरी र ग्रामीण दुवै क्षेत्रमा वर्षात्को पानी संकलन, प्रशोधन र बहुपयोगबारे ज्ञान, अभ्यास र प्रविधिबारे जानकारी लिन चाहनेका लागि निकै उपयोगी हुने बताए।
" /> काठमाडौं। नेपालको सहरी र ग्रामीण क्षेत्रमा हुँदै आएको पानीको संकटलाई समाधानमा सघाउने भन्दै स्मार्ट वास सोलुसन्सले दुईदिने अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गर्ने भएको छ।सोलुसन्सले साउन २९ र ३० गते वेबिनारको आयोजना गर्ने भएको हो।

">