काठमाडौं। कोरोना भाइरसको महामारी नियन्त्रणमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा बटुलेको जर्मनीका लागि बुधबारको दिन सुखद रहेन। पछिल्लो तीन महिनामा गत सोमबार एकै दिन सबभन्दा बढी १ हजार २१९ जनामा संक्रमण पुष्टि भएको थियो। तर बुधबार त्यो आँकडा पनि पार भयो। बीबीसीले जनाएअनुसार मध्यान्हसम्ममा मात्र १ हजार २५०भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्।
सुरुआती दिनमा युरोपलाई कोरोना भाइरसले केन्द्रबिन्दु बनाउँदा छिमेकी इटाली, फ्रान्स, स्पेन र बेलायतको दाँजोमा महामारीलाई निक्कै नियन्त्रणमा लिएको जर्मनीमा हालसम्म २ लाख १९ हजार ६१४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ९ हजार २६८ जनाको मृत्यु भइसकेको छ।
जर्मनीका स्वास्थ्यमन्त्री जेस श्पानले देशका सबै भागमा नयाँ संक्रमणका केसहरु देखिएको जानकारी गराएका छन्। देशैभरि संक्रमण देखिनु चिन्ताजनक विषय भएको बताउँदै उनले भने, “देशभर नयाँ संक्रमण देखिएका कारण नियन्त्रणका प्रयास प्रभावकारी हुन गाह्रो हुन्छ।”
संक्रमण तथा मृत्युदर घटन थालेपछि मानिसहरुले लापरवाही गर्दा संक्रमण बढ्न थालेको उनको भनाइ थियो। “मानिसहरुले कोरोना भाइरसको जोखिम सकियो झैं ठानेर छुट्टी मनाउने, पार्टी गर्ने र जमघट गर्ने जस्ता काम गर्न थाल्दा अवस्था जटिल बन्दै गएको हो,” उनले भने।
" /> काठमाडौं। कोरोना भाइरसको महामारी नियन्त्रणमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा बटुलेको जर्मनीका लागि बुधबारको दिन सुखद रहेन। पछिल्लो तीन महिनामा गत सोमबार एकै दिन सबभन्दा बढी १ हजार २१९ जनामा संक्रमण पुष्टि भएको थियो। तर बुधबार त्यो आँकडा पनि पार भयो। बीबीसीले जनाएअनुसार मध्यान्हसम्ममा मात्र १ हजार २५०भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्।सुरुआती दिनमा युरोपलाई कोरोना भाइरसले केन्द्रबिन्दु बनाउँदा छिमेकी इटाली, फ्रान्स, स्पेन र बेलायतको दाँजोमा महामारीलाई निक्कै नियन्त्रणमा लिएको जर्मनीमा हालसम्म २ लाख १९ हजार ६१४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ९ हजार २६८ जनाको मृत्यु भइसकेको छ।

">