काठमाडौं। मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्। गमगढीबाट सोरु गाउँपालिकास्थित तारापानी जाँदै गरेको बोलेरो जीप आज साधेपानी नजिकै सडकबाट १०० मिटर तल खसेको थियो।
दुर्घटनामा परेर छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका १८ वर्षीय धर्म लावडको मृत्यु भएको हो। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। ८ घाइतेको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। दुई जनालाई भने थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए।
रासस
" /> काठमाडौं। मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्। गमगढीबाट सोरु गाउँपालिकास्थित तारापानी जाँदै गरेको बोलेरो जीप आज साधेपानी नजिकै सडकबाट १०० मिटर तल खसेको थियो।

">