करेन्ट लागेर मृत्यु
<p style="text-align: justify;">काठमाडौं। धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ राधापुरस्थित एक घरमा फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">महोत्तरी भंगा नगरपालिका–७ बस्ने ४५ वर्षीय अमृतनारायण विकको आज दिउँसो मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि स्थानीय मेडिकलमा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । <br />
</p>