काठमाडौं। प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-६, बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उदासलाई चन्द्रागिरि नगरपालिका-८, मातातीर्थ चोकबाट पक्राउ गरेको हो।
पक्राउ परेका उदास र काठमाडौं महानगरपालिका-१२ को टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भएका २८ वर्षीय अमृतकुमार वैद्यले गत वर्षको चैत २ गते राति चन्द्रागिरि नगरपालिका-१५ का विष्णुदेवी घर भएका ट्याक्सी चालक विष्णुबहादुर श्रेष्ठलाई ढुंगा र इँटा प्रहार गरी गम्भीर घाइते बनाएको थिए।
घटनामा संलग्न वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने उदास घटनापछि फरार भएका थिए।
" /> काठमाडौं। प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई पक्राउ गरेको छ।काठमाडौंको चन्द्रागिरि नगरपालिका-६, बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

">