काठमाडौं। लकडाउन खुलेयता कोरोना संक्रमणको ग्राफ फेरि निरन्तर उकालो लागेपछि स्थानीय प्रशासनले नयाँ नियम ल्यायो– मास्क नलगाई हिड्नेलाई ठाउँको ठाउँ सय रूपैयाँ जरिवाना गर्ने।
गृह मन्त्रालयको निर्देशनपछि अहिले देशभरका जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरीको सहयोगमा मास्क नलगाई हिड्नेलाई कारबाही गरिरहेका छन्। अलिहेसम्म मास्क नलगाई हिड्ने तीन लाख ९५ हजार जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना नै गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपछि सरकारले यसअघि खुकुलो पारेका कतिपय प्रावधानहरू फेरि कडाई गरेको छ। उपत्यकाको लागि खुल्ला गरिएको सार्वजनिक सवारीमा फेरि जोर विजोर प्रणाली लागू गरिएको छ। होटल तथा रेष्टुरेन्टलाई फेरि ‘टेक अवे’मा फर्काइएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन्। उपत्यका मेयर फोरमको निर्णयअुसार, उपत्यकाका सबै स्थानीय तहका कार्यालयहरू बन्द गरिएका छन्। भीडभाड हुने कार्यक्रमहरूलाई देशभर रोक लगाइएको छ।
यी सबै उपाय अपनाइनुको एउटै उद्देश्य हो– कोरोना संक्रमणका न्यूनीकरण र नियन्त्रण प्रभावकारी होस्। तर, यो जिम्मेवारी निर्वाह गर्नुपर्ने निकायहरू नै गैरजिम्मेवार भूमिकामा देखिएका छन्।
कोरोना संक्रमण नियन्त्रणको ‘फ्रन्ट लाइन’मा खटिएको नेपाल प्रहरीले आयोजना गरेको कार्यक्रम नै भीडभाडमुक्त हुन सकिरहेको छैन। त्यसको एउटा उदाहरण हो, साउन २७ गते आयोजना गरिएको पत्ररकार सम्मेलन।
सुटकेशमा पोको पारेर गोगंबुमा फालिएका दाङका कृष्णबहादुर बोहोराको हत्या ओरापी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गर्न र घटनाको विषयमा जानकारी गराउन काठमाडौं प्रहरी परिसरले आयोजना गरेको पत्रकार सम्मेलन सबैतिर आलोचित भयो।कोरोना संक्रमणको जोखिम तीब्र बनिरहेको बेला एउटा कोठाभित्र गरिएको पत्रकार सम्मेलनमा अत्याशलाग्दो भीडभाड थियो। प्रहरीले भने चाहेर पनि पत्रकार सम्मेलनको भीडभाड नियन्त्रण गर्न नसकेको बताएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर भन्छन्, “पत्रकार सम्मेलन भीडभाड नगर्न खोज्दा पनि सकेनाौं। आगामी कार्यक्रमहरू व्यवस्थित गर्छौं।”

पत्रकारहरूकै कारण कार्यक्रमलाई भीडभाडमुक्त गराउन नसकिएको उनले बताए। “सूचना सामग्री भिडियोमा चाहिनेहरूका लागि मात्रै सहभागी हुन भनेका थियौं। अरूलाई व्यवस्थित रूपमा लिखित सूचना दिने भनेका थियौं। तर, पत्रकारहरूले नै त्यसलाई मान्नुभएन। कोरोना संक्रमण नियन्त्रणमा सघाउनु पत्रकारहरुको पनि जिम्मेवारी हो,” राठौरले भने।
कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्न नसक्दा सिन्धुपाल्चोकमा करीब तीन हजार जना मानिस एकै पटक होम क्वारेन्टाइनमा पुगेका छन्। पूर्व मन्त्री एवं नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतका बुबा खड्गबहादुर बस्नेतको दाहासंस्कार गरेपछि कोरोना पोजिटिभ भएको नतिजा आयो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचारको क्रममा उनको निधन भएको थियो।
बस्नेतको निधनपछि अस्पतालले मृतकको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्यो। परिवारले भने २३ गते विहानै मृतकको शव काठमाडौंबाट गृह जिल्ला सिन्धुपाल्चोकको बाह्रविसे लग्यो। त्यहाँ शव यात्रा गरियो। हजारौं मानिस मलामीमा सहभागी भए।
अस्पताले दुवै मिर्गौला चल्न छाडेका कारण उनको मृत्यु भएको बताएको बस्नेत परिवार स्रोतको भनाइ छ। पूर्वमन्त्री बस्नेतले फेसबुकमा स्टाटस लेखेर उपचारमा लैजाँदा पीसीआर परीक्षण नेगिटिभ आएको बताएका छन्। अस्पतालले शव लैजानू भनेर नै आफूहरुले बुबाको शव बाह्रविसे लगेको उनको भनाइ छ।
बाह्रविसेमा शव यात्राले नगर परिक्रमा गरी सुनकोशी नदी किनारमा बस्नेतको अत्येष्टि गरिएको थियो। बस्नेतको अन्त्येष्टिमा करिब तीन हजार जना मलामी सहभागी भएको बाह्रविसेका स्थानीयहरूको अनुमान छ।
तर, मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका बस्नेत परिवारले सम्भावित जोखिमको आकलन गर्न सकेन। अस्पतालले कोरोना परीक्षण गर्न लागेपछि नजिता कुर्नेतर्फ उनको ध्यान गएन। मलामीमा कति मान्छे सहभागी हुन्छन् र यदि मृतकमा कोरोना संक्रमण पुष्टि भएमा त्यसको जोखिम कस्तो हुन्छ भन्ने पूर्वआकलन नहुँदा अहिले हजारौं मानिस एकैपटक जोखिममा परे।
सरकारले देशभर भीडभाड नगर्न निर्देशन जारी गरेको भए पनि बाह्रविसेमा प्रहरीले भीड नियन्त्रण गर्न सकेन। बाह्रविसे इलाका प्रहरी कार्यालयका इक्सपेक्टर नवराज न्यौपानेले भने मलामीलाई भीडभाड नगर्न भनिए पनि नटेरेको बताए। “भीडभाड नगर्न सल्लाह दिएका हौं। मृतकका परिवारले पनि हामीले बोलाएको होइन, आउनेलाई फर्काउन मिलेन भन्ने कुरा गरे,” न्यौपानले भने।
मृतक खड्गबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले बाह्रविसे नगरपालिकाले चारवटा वडाहरु ९, ४, ३ र २ नम्बर वडा कार्यालय सिल गरेको छ। मलामीमा सहभागी भएका सबैलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिनले बताइन्।
" /> काठमाडौं। लकडाउन खुलेयता कोरोना संक्रमणको ग्राफ फेरि निरन्तर उकालो लागेपछि स्थानीय प्रशासनले नयाँ नियम ल्यायो– मास्क नलगाई हिड्नेलाई ठाउँको ठाउँ सय रूपैयाँ जरिवाना गर्ने।गृह मन्त्रालयको निर्देशनपछि अहिले देशभरका जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरीको सहयोगमा मास्क नलगाई हिड्नेलाई कारबाही गरिरहेका छन्। अलिहेसम्म मास्क नलगाई हिड्ने तीन लाख ९५ हजार जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना नै गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।

">