काठमाडाैं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले कैलालीका पत्रकार गणेश चौधरीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
फोनिज संघीय कार्यसमितिका संगठन सचिव मिलन लिम्बूले आज विज्ञप्ति जारी गर्दै उक्त घट्नाको भर्त्सना गरेका छन्।
"हाम्रो संगठनका संघीय समिति सल्लाहकार गणेश चौधरीमाथि साउन २६ गते भएको सांघातिक आक्रमणप्रति फोनिज संघीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ," विज्ञप्तिमा उल्लेख छ, "समाचारको विषयमा चित्त नबुझे कानुनी माध्यमबाट समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै श्रमजीवि पत्रकारमाथि सांघातिक आक्रमण गर्नु संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको ठहर गर्दै फोनिज संघीय समिति उक्त आक्रमणको घोर निन्दा र भर्त्सना गर्दछ।"
अक्रमणमा संलग्नविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको दुई दिन बितिसक्दासमेत आरोपितहरू पक्राउ नपर्नुले प्रहरी प्रशासनको भूमिकाप्रति आशंका बढाएको विज्ञप्तिमा जनाइएको छ। आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न फोनिजले प्रहरीसमक्ष माग गरेको छ।
विज्ञप्तिमा जनाइएअनुसार समाचार संकलनको क्रममा कैलालीको जानकी गाउँपालिका-६, जगतपुर पुगेका पत्रकार चौधरीमाथि सोही ठाउँका ललित कडायत, शिशिर शाह, सुरेन्द्र शाहीलगायतको समूहले सांघातिक आक्रमण गरेको थियाे।
फोनिजले आक्रमणबाट घाइते भएका पत्रकार चौधरीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
" /> काठमाडाैं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले कैलालीका पत्रकार गणेश चौधरीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।फोनिज संघीय कार्यसमितिका संगठन सचिव मिलन लिम्बूले आज विज्ञप्ति जारी गर्दै उक्त घट्नाको भर्त्सना गरेका छन्।

">