काठमाडौं। कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ ।
बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलोपटक हो।
राष्ट्रिय तथ्यांक कार्यालयले यस वर्षको पहिलो तीन महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनमा महीनैपिच्छे २.२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको जनाएको छ। यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको देखाएको छ।
युरोपका अरु मुलुकहरू खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ।
तर, लकडाउनमा सहजीकरण गर्न थालेयता जुन महीनामा अर्थतन्त्रमा निकै सुधार आएको बताइएको छ। तथ्यांक कार्यालयका अनुसार जुन महीनामा बेलायती अर्थतन्त्र ८.७ प्रतिशतले वृद्धि भएको छ।
तथ्याँकशास्त्री जोनाथन अथोले जुनमा बेलायतका पसलहरू खुलेका, कारखानामा उत्पादन हुन थालेको तथा घर निर्माणका कार्यहरु पुनः शुरू भएको बताए।
बेलायत सरकारले हाल बन्द अवस्थामा रहेका पब, रेष्टुराँहरु खोल्न थालिए अर्थतन्त्रमा व्यापक सुधार आउने जनाएको छ। बेलायती अर्थमन्त्री रिशी सुनाकले महामारीको प्रभाव अझै देखिएकाले कठिन समय अझै बाँकी रहेको बताउँदै अहिल्यै दशौं हजारले रोजगारी गुमाएका र आगामी महीनामा त्यो संख्या अझ बढ्न सक्ने बताएका छन्।
सरकारले झण्डै १२ लाख रोजगारदाताले कामबाट विदा दिएका झण्डै ९६ लाख मजदुरलाई तलबी आर्थिक सहायता दिइरहेको छ, र यो सहायता अंक करिब ४४ अर्ब डलर छ। रासस/एपी
" /> काठमाडौं। कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ ।बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलोपटक हो।

">