काठमाडौ। बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरबाट एक ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका-४ बस्ने २१ वर्षीय आर्यन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यायल बर्दियाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा से.२ प ८९०९ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई उक्त परिमाणको लागूऔषध र तीन हजार ७७० रूपैयाँ नगदसहित पक्राउ गरेको हो।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका-२० कोका खोलाबाट पाँच किलो गाँजासहित धनकुटा पाख्रिबास नगरपालिका-८ बस्ने २९ वर्षीय सन्दिप राई पक्राउ परेका छन्।
विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले राईलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट चार ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित बेदकोट नगरपालिका-३ बीचपाटा बस्ने २० वर्षीय राकेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
उनको साथबाट एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। यसैबीच दाङको गढवा गाउँपालिका-७ बाट ५५ ग्राम ब्राउनसुगरसहित दुईजनालाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-१५ प्रतिभा टोल बस्ने २३ वर्षीय रिहा जुदिन र सोही उपमहानगरपालिका बालुवाटार बस्ने २२ वर्षीय अरमान धुनिँया छन्।
" /> काठमाडौ। बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरबाट एक ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका-४ बस्ने २१ वर्षीय आर्यन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यायल बर्दियाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा से.२ प ८९०९ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई उक्त परिमाणको लागूऔषध र तीन हजार ७७० रूपैयाँ नगदसहित पक्राउ गरेको हो।

">