काठमाडौं। विमान निर्माण कम्पनी बोइङले जुलाईमा ७३७ म्याक्स सिरिजको एउटै जहाज बिक्री गर्न सकेको छैन।
बिक्री नभएको मात्र होइन, निर्माणको अर्डरसमेत रद्द भएको छ। ग्राहकले यो सिरिजको ४३ विमान बनाउन दिएको अर्डर रद्द गरेका हुन्।
७३७ म्याक्स विमान इन्डोनेसिया र इथियोपियामा दुर्घटनाग्रस्त भएपछि यसको सुरक्षालाई लिएर प्रश्न उठेको थियो। अहिले कम्पनीले यही प्रश्नको सामना गर्नु परेको हो। साथै, कोभिड-१९ विश्व महामारी का कारण पनि विमान बिक्री रोकिएको बताइएको छ।
यसअघि जुन महLनामा पनि यो सिरिजका ६० वटा विमान अर्डर रद्द भएको समाचार आएको थियो। अर्डर रद्द हुनुका साथै महामारी कायम रहेका कारण कम्पनीको हालत खराब हुँदै गएको छ।
अहिलेसम्म कुल ८०० वटा विमान निर्माणको अर्डर रद्द भइसकेको छ।
गत साता अमेरिकाको विमान नियामक निकाय फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले म्याक्स विमानको डिजाइनमा परिवर्तन गरिनु पर्ने व्यहोरा अघि सारेको थियो। कम्पनीले २०२१ मा विमान निर्माणले गति लिने अपेक्षा गरेको छ।
यो सिरिजको विमान २०१८ मा इन्डोनेसिया र २०१९ मा इथियोपियामा दुर्घटनामा परेको थियो। दुर्घटनामा क्रमशः १८९ र १५७ यात्रुको ज्यान गएको थियो। त्यसपछि कतिपय मुलुकले म्याक्स बोइङ उडानमा प्रतिबन्ध लगाएका थिए।
(एजेन्सी)
" /> काठमाडौं। विमान निर्माण कम्पनी बोइङले जुलाईमा ७३७ म्याक्स सिरिजको एउटै जहाज बिक्री गर्न सकेको छैन।बिक्री नभएको मात्र होइन, निर्माणको अर्डरसमेत रद्द भएको छ। ग्राहकले यो सिरिजको ४३ विमान बनाउन दिएको अर्डर रद्द गरेका हुन्।

">