दार्चुला। दार्चुलाको खार-खलङ्गा-देथला सडक तीन सातादेखि अवरुद्ध भएको छ। सो सडकखण्ड र गोकुलेश्वर-देथला हुँदै खार-खलङ्गा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको हो।
दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।
५ साउनमा आएको बाढीपहिरोका कारण खार-खलङ्गा-देथला सडक अवरुद्ध भएको हो। सडकमा ग्राभेल गर्ने बेला बाढी पहिरोले अवरुद्ध गरेसँगै निर्माणको कार्य पनि ठप्प छ।
सडकको दुवैतर्फ कालोपत्रे र ग्राभेलका लागि गत आर्थिक वर्षको अन्तिममा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौतापछि ठेकेदार परिचालन हुने बित्तिकै बाढी पहिरो आएपछि यो सडकखण्ड तीन सातादेखि अवरुद्ध छ। अवरुद्ध सडकखण्ड खुलाउने प्रयास नहुँदा नौगाडका स्थानीयवासीलाई आवतजावत र खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।
खलङ्गा–खार सडकखण्डको मालभेला, डुङुरी, काटैलगायतका आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय बैतडीका सव इञ्जिनियर दीपेन्द्र धानुकले बताए।
खलङ्गा–खार सडकखण्डको झण्डै नौ किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएर काम शुरु भएको अवस्थामा अवरुद्ध भएको हो। यो सडकखण्डमा ग्वालेक निर्माण सेवाले १८ करोडमा कालोपत्रको ठेक्का पाएको छ। रासस
" /> दार्चुला। दार्चुलाको खार-खलङ्गा-देथला सडक तीन सातादेखि अवरुद्ध भएको छ। सो सडकखण्ड र गोकुलेश्वर-देथला हुँदै खार-खलङ्गा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको हो।दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।

">