डा. केसीले डडेलधुरा अस्पताल छाड्न मानेनन्, केसीलाई लिन गएको प्रहरी फर्कियो
काठमाडौं। स्वास्थ्य बिग्रिएपछि डडेलधुरा अस्पतालमा उपचाररत् प्राध्यापक डा. गोविन्द केसीलाई थप उपचारका लागि स्थानीय प्रशासनले बाहिर पठाउन पहल गरेको छ।

तर, प्रयास सफल भने हुन सकेको छैन।

अस्पतालमा बिहानै पुगेका प्रहरीलाई डा. केसीले आफू कहिं नजाने भनेर फर्काइदिएका छन्।

"प्रहरी टोली बिहानै आएर जाउँ भने, तर उहाँले मान्नुभएन", डाक्टर केसीका भाइ किशोर केसीले देखापढीलाई बताए। प्रहरीले कहाँ किन जाने केही नभनेको भाइ किशोरको भनाइ छ।

उनका अनुसार डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीलाई उपचारका लागि बाहिर पठाउन प्रयास भइरहेको जानकारी दिए। उनले कहाँ पठाउन खोजिएको चाहिं खुलाएनन्।

"उपचारमा संलग्न डाक्टरहरुले यहाँ उपचार सम्भव छैन भनेकाले डा. केसीलाई सुविधासम्पन्न ठाउँमा पठाउन पहल भइरहेको छ तर उहाँले मानिरहनुभएको छैन", प्रजिअ पौडेलले भने।

डा.केसी १८ कात्तिकदेखि सात बुँदे माग राखेर डडेलधुरा सदरमुकामस्थित निर्मला भट्टको घरमा १७ औं अनशन बसेका थिए।

स्वास्थ्य बिग्रिएपछि उनलाई २३ कात्तिकमा डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो। डडेलधुरा अस्पतालले २४ कात्तिकमा विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गएका बखत कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने उल्लेख गरेको थियो।

अस्पतालको विज्ञप्तिमा भनिएको छ- ‘थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण अस्पतालमा उपलब्ध छैन।’

अस्पतालका अनुसार डा. केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको छ।

‘उहाँको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्