तनहुँ। बहुविवाह मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जिल्लाको व्यास नगरपालिका–६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो।
२०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतको फैसलाले मल्लउपर तोकेको कैदमध्ये ११ महीना १४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकीले उनलाई पक्राउ गरी अदालत समक्ष पेश गरिएको हो। फरार मल्ल प्रहरीको निगरानीमा रहँदै आएकी थिइन्।
अदालतले बाँकी रहेको कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए। रासस
" /> तनहुँ। बहुविवाह मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जिल्लाको व्यास नगरपालिका–६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो।२०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतको फैसलाले मल्लउपर तोकेको कैदमध्ये ११ महीना १४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकीले उनलाई पक्राउ गरी अदालत समक्ष पेश गरिएको हो। फरार मल्ल प्रहरीको निगरानीमा रहँदै आएकी थिइन्।
अदालतले बाँकी रहेको कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए। रासस
">