तनहुँ। व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित रामलाल श्रेष्ठलाई ३० हजार सहयोग गरिएको छ। शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका व्यवसायी नारायण श्रेष्ठको पहलमा श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिएको हो।
श्रेष्ठलाई व्यवसायी श्रेष्ठका तर्फबाट १० हजार, सामाखुशीका विष्णुकुमार श्रेष्ठका तर्फबाट १० हजार तथा दुलेगौँडाका व्यवसायी विमलप्रसाद रिमाल र दमौली निवासी शम्भुलाल श्रेष्ठका तर्फबाट पाँच÷पाँच हजार गरी ३० हजार प्रदान गरिएको छ।
उक्त रकम नारायण श्रेष्ठ र उनकी श्रीमती पार्वतीले मिर्गौलापीडित रामलाललाई हस्तान्तरण गरे। आफैं मिर्गौला पीडित भएको अवस्थामा छोराको करेन्ट लागेर निधन भएपछि सो परिवारमा पीडा थपिएकाले सबैले उनलाई सहयोग गर्नुपर्ने श्रेष्ठले बताए।
यस्तै, व्यास युवा क्लवको अगुवाइमा सङ्कलित ३५ हजार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। उक्त रकम युवा अभियानकर्मी लक्ष्मीभक्त खनाल, क्लबका अध्यक्ष मीनबहादुर गुरुङ तथा सदस्य कमल गिरी र अङ्कित गुरुङले संयुक्त रूपमा मिर्गौलापीडित रामलाललाई हस्तान्तरण गरे। रासस
" /> तनहुँ। व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित रामलाल श्रेष्ठलाई ३० हजार सहयोग गरिएको छ। शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका व्यवसायी नारायण श्रेष्ठको पहलमा श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिएको हो।श्रेष्ठलाई व्यवसायी श्रेष्ठका तर्फबाट १० हजार, सामाखुशीका विष्णुकुमार श्रेष्ठका तर्फबाट १० हजार तथा दुलेगौँडाका व्यवसायी विमलप्रसाद रिमाल र दमौली निवासी शम्भुलाल श्रेष्ठका तर्फबाट पाँच÷पाँच हजार गरी ३० हजार प्रदान गरिएको छ।

">