७ महीने बालिका नदी किनारमा मृत फेला
<p style="text-align: justify;">बाजुरा। त्रिवेणी नगरपालिका-८ कालापानीस्थित बूढीगङ्गा नदीको किनारमा एक बालिका मृत भेटिएकी छन्। </p>
<p style="text-align: justify;">ती बालिका त्रिवेणी-८ पन्ताली घर भएका खडक लुहारकी सात महीने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए। </p>
<p style="text-align: justify;">बालिकाका बाबुका अनुसार हिजो बिहान आमाछोरी घरबाट निस्केका थिए। बालिकाकी आमा पनि सम्पर्कमा छैनन्। रासस</p>