बागलुङ। बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिरोले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ। यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २ खोलेसबाङमा गएको पहिरोले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए।
पहिरोका कारण रसाइलीको घर पुरिँदा उनकी श्रीमती हुमकुमारीको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १३ वर्षीय छोरा खिमबहादुर र ११ वर्षीया छोरी रीताको मृत्यु भएको थियो। “पहिरोका कारण घर पुर्दा दुई सन्तान नै गुमाउनपुर्यो”, अध्यक्ष बुढाले भने, “परिवार गुमाएको पीडा त छँदैछ, घरसमेत नरहेकाले घर बनाइदिने निर्णय गरेका छौँ।”
पहिरो पीडित परिवारलाई गाउँपालिकाका तर्फबाट अध्यक्ष बुढा मगरले राहतस्वरूप एक लाख ५० हजार रूपैयाँ हिजो हस्तान्तरण गरे। उनले तत्काल राहतका लागि उक्त रकम प्रदान गरिएको र घर बनाउनका लागि गाउँपालिकाले थप दुई लाख ५० हजार प्रदान गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको बताए। रसाइली परिवारलाई घरसमेत गुमाएपछि हातमुख जोर्न समस्या भएकाले लत्ताकपडा तथा खाद्य पदार्थ खरीद गर्नका लागि सहयोग गरिएको हो।
अविरल वर्षासँगै आएको पहिरोका कारणले घरमा आंशिक क्षति पुर्याएको फूलकुमारी रसाइलीको परिवारलाई पनि १५ हजार सहयोग हस्तान्तरण गरिएको छ। पीडित परिवारको घरबास नै नभएकाले गाउँपालिकाले घर निर्माण गर्न दुई लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको र तत्कालै जग्गा व्यवस्थापन गरी घर निर्माण थालिने गाउँपालिका अध्यक्ष बुढाले बताए। रासस
" /> बागलुङ। बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिरोले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ। यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २ खोलेसबाङमा गएको पहिरोले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए।पहिरोका कारण रसाइलीको घर पुरिँदा उनकी श्रीमती हुमकुमारीको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १३ वर्षीय छोरा खिमबहादुर र ११ वर्षीया छोरी रीताको मृत्यु भएको थियो। “पहिरोका कारण घर पुर्दा दुई सन्तान नै गुमाउनपुर्यो”, अध्यक्ष बुढाले भने, “परिवार गुमाएको पीडा त छँदैछ, घरसमेत नरहेकाले घर बनाइदिने निर्णय गरेका छौँ।”

">